हप्तादिन लामो टुरमा जानुअघि
विद्यार्थीहरुले मोफसलको पत्रकारितावारे जानकारी लिने रहर गरेपछि म एकहप्ता लामो पश्चिम भ्रमणमा निस्कदै छु । टुरमा जाने भनेदेखिनै विद्यार्थीहरु अनेक तरहले श्रोत जुटाउनमा लागी परे । उनीहरुको उमंग र पहलका बीच म नतमस्तक वने । मेरा भएका कामलाइ विद्यार्थीको रहले जित्यो । र हाम्रो यात्रा शुरु हुने भयो – विहिवारवाट । आमसंचार तथा पत्रकारिता विषय पढ्ने स्नातक तहका करिव २२ विद्यार्थी सहित म टुरमा निस्कदैछु । कति विद्यार्थी रहर भएपनि विविध कारणले जान पाएनन । यद्यपि एउटा ठुलो समुह टुरमा निस्कदैछ । हामीले विहिवार चितवनका कालिका र सिनर्जी एफएमको भ्रमण गर्ने छौ ।
त्यसपछिका दिनहरुमा नवलपरासीको विजय एफएम, मणिग्रामको लुम्विनी एफएम, भैरहवा, वुद्ध जन्मस्थल लुम्विनी, वुटवलको तिनाउ एफएम, कालिका एफएम र स्थानीय पत्रिकाहरु तिलोत्तमा दैनिक, मेचीकाली दैनिकको भ्रमण गर्ने छौ । मोफसलको पत्रकारिताको राजधानी पनि भनिने वुटवलका स्थानीय संचारकर्मीहरुसंग अन्तर्क्रिया समेत गरेपछि हामी पुग्ने छौ पाल्पाको मदन पोखरा । मदनपोखराको सामुदायीक एफएम रेडियो मदनपोखराको भ्रमणपछि हामी पुग्ने छौ पाल्पा सदरमुकामा तानसेन वजार । स्थानीय श्रीनगर एफएम, जनचेतना साप्ताहिक तथा पाल्प्ा टाइम्सको भ्रमणपछि हामी जानेछौ श्रीनगरेको पाक्रृतिक दृष्यावलोकनमा ।
पाल्पाका स्थानीय संचारकर्मीहरुसंगपनि हाम्रो अन्तरक्रिया हुने छ । पाल्पा पछि हामी स्याङजा वालिङमा रहेको आंधीखोला एफएमको भ्रमणमा जाने छौ । त्यहांको वस्तुस्थिति वुझेपछि हामी स्याङजा वजार हुदै पोखरा पुग्ने छौ । पोखराका अन्नपुर्ण, माछापुच्छ्र्रे एफएम पछिको हाम्रो भ्रमण स्थानीय दैनिक पत्रपत्रिकामा हुनेछ ।
यात्रा अवधीमा हाम्रंो टोलीलाइ चितवनका निर्मल कुंवर, चांदनी हमाल, रुपन्देहीमा रामकृष्ण पन्त, इन्दिरा अर्याल, टोपराज शर्मा पाल्पामा चुरामणी, जगदीश भट्टराइ, वालिङमा जलेश्वर पान्डे र दीपक पान्डे तथा पोखरामा धन वस्नेत, शुदर्शन रन्जित लगायतका संचारकर्मीहरुले सहयोग पुर्याउनु हुनेछ ।
{यात्राको सफलताकालागि तपाइहरुको सुभेच्छा लिदै केही दिन व्लग अपडेटमा विलम्व हुने जानकारी गराउदछु }