December 29, 2007

कोशी किनारमा शनिवार

Filed under: अतिथी

आमसंचारका विद्यार्थीहरुलाइ लिएर मोफसलको करिव हप्ता दिनलामो टुरमा निस्कनु ५ दिन अघि आज रिहर्सल जस्तै म एक दिनको टुरमा निस्किए । मेरो टुर काठमाण्डौवाट शुरु भएर वनेपा, धुलिखेल, भकुन्डेवेसी, मंगलटार, नेपालटार हुदै सिन्धुलीको दुम्जासम्म पुगेकेा थियो । दुम्जा नेपालको चिरपरिचित कोइराला परिवारको पुरानो घर रहेको स्थान रहेछ । वीपी कोइराला यही जन्मिएका थिए भनिन्छ । यसै भएरपपिन होला यो रुटमा काठमाण्डौ र पुर्वी तजराइलाइ जोड्ने वीपी कोइराला राजामार्ग वनेको छ । हाम्रो यात्रा विहान ४:३० वजे काठमाण्डौ तीनकुनेवाट शुरु भएको थियो ।वनेपामा केही मिनेट रोकिएपछि हामी दुम्जा पुगेका थियौ करिव आठ वजेतिर ।

यात्रामा प्राज्ञिक सहकर्मीहरु हुनुहुन्थ्यो । सिन्धुलीमा पर्ने कुशेश्वर महादेवको मन्दिरमा पुगेर हाम्रो वस रोकिएको थियो । सिन्धुली, रामेछाप र काभ्रेको सिमाना भएर वग्ने रोसी र कोशीको दोभानमा रहेको कुशेश्वर महादेवको दर्शन गरेपछि हाम्रो टिम आआफ्नै रुची अनुसारका काममा लागेका थिए । यात्राका सहकर्मीहरुका रुची त के थिए भन्ने कुरा तपायहरुले तलका तस्विरवाट थाहा पाइहाल्न्नु हुनेछ । काठमाण्डौवाट करिव ८० किलो मिटर टाढाको यात्रावाट फर्किएकोले यतिवेला म शिथिल भएको छु । थप टेक्स्ट म्याटर दिन नसकेकोमा क्षमा माग्दै क्याप्सन र तस्विरहरु ।

कोशी र रोशीको संगमा । पारी देखिएको डांडा रामेछाप जिल्लाको हो । शनिवार दिनभर मेरो यही वित्यो ।

सिन्धुली दुम्जामा रहेको कुशेस्वर महादेवको मन्दिर परिसर । साथमा हामी यात्रारत वस ।

ताल आ-आफ्नै । कोशी किनारमा शारदा सर कपीमा केही उतार्न व्यस्त । कृष्णसर, कपाडीसर, रामजी, भागीरथसर, ज्ञानेस्वरसर र अन्य तासमा मस्त ।

शिवजीको मन्दिरमा यी मेरा मित्रहरुले के सुघेका होलान । मैले भन्नै नपर्ला शिजवीको प्रसाद हो भन्ने त तपाइले ठम्याउनु भए होला ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/12/29/p154/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com