लोकगीतमा झुमेको एक साझ
गीत संगीतको पारखी भएपनि लोकगीत मेरो खासै रुचीमा पर्दैनन । सुगम संगीतमा रुची राख्ने भएपनि यसपटक भने लोकगीतले मेरो मन जित्यो । भन्न त साथीहरुले लोकगीतमा थपडी वजाउनेले मेरो मन जित्यो भनेका भएपनि गीतले पनि उत्तिकै मन जितेको थियो मेरो । एउटा औपचारिक कार्यक्रमको शिलशिलामा पश्चिम नेपाल पुग्दा मसंगै गएका राष्ट्रियस्तरका कलाकारहरुलाइ स्थानीय कलाकारहरुले घेरा हाले । कलाकारको बीचमा परेको म ववुरोलाइपनि उनीहरुले कलाकारकै व्यवहार दर्साए । कलाकारहरु नविन पान्डे, मनोहरी थापा, मिना शर्मा लगायतको टोलीबीचमा म पनि थिए । न त गला न त कला दोहोरो मारमा परेको म पनि थपडी नवजाइ सुख पाइन । थपडीमा मैले कसैको कपी गर्न लागेछु । साथीहरुले कमेन्ट गर्दा आफै लजाए । नवलपरासीमा स्थानीय कलाकारका साथ राष्ट्रिय कलाकारहरुले दिनभरी गीतमात्र गाएनन । सांझपनि आˆनै कावुमा राख्ने कोसिस गरे । म पनि सवै साथीहरु लोकगीतमा जमेपछि लहै लहमा लागे महफीलमा । महफील यस्तो जम्यो की रात जति छिप्पियो रमाइलो झनै वढ्दै गयो । धोका दिनेलाइ के भनौ र खोइ तिमी हांस भो मै वसुला रोइ लगायतका विभिन्न भाकामा कलाकारहरुले रात्री खप्लक्कै खाए । मपनि थपडी वजाउदै रात मात्र विताइन केही मित्रहरुसंग चिनापर्ची पनि वनाए । तस्विरमा देखिएका मध्ये धेरै अहिले नवलपरासीमै छन तर म भने यतिवेला राजधानीमा रहदा पनि संगीतमै झुम्मिएको छु । यसका पछाडी मेरो समुहका साथीहरुको मात्र नभएर तस्विरमा ताली वजाउनेहरुको पनि हात छ जस्तो लाग्छ । कुनै कुरा मन पर्नु या नपर्नुमा मान्छेको रुची र प्रभाव ठुलो हुदो रहेछ भन्ने लागेको छ यतिवेला ।