December 16, 2007

समयका झलकहरु

Filed under: विर्घा

विर्घाको केन्द्र कट्टी । अहिले हिंउदका कारण गांउमा हरीयाली घटेको छ ।

वुटवलवाट आएको वस विर्घाको कट्टीमा रोकिदै । विर्घामा पोखरा र वुटवलवाट नियमित वस आउछन ।

श्रीकृष्ण गन्डकी मिर्मीको जलासयमा डुंगा सयर हुदै । कालीगन्डकी परियोजनाका कारण पानी जम्म हुदा गुल्मी, पर्वत र स्याङजामा डुंगा यातायातको साधन वनेको छ ।

विर्घाको प्रवेश मार्ग गल्याङ वजार । टाढावाट लिइएकाले गल्याङको दृष्य धमिलो आएको छ ।

विर्घाको मित गांउ भन्न सुहाउने गल्याङ पारीको रमणीय असेर्दी गांउको दृष्य । वसको छतवाट लिइएको यो तस्विरमा असेर्दीको ओल्लो छेउ र कालीगन्डकी नदीमात्र देखिन्छ ।

स्याङजा र पाल्पालाइ जोड्ने राम्दीको पुल । पुष्ठमुमीमा सुख्खा डांडाहरु ।

पाल्पाको आर्य भन्ज्याङ आउदै गर्दा देखिएको माछापुच्छ्रे हिमाल र सिद्धार्थ राजमार्ग ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/12/16/p144/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com