विश्वास, विष्णु र मिनासंग एक दिन
पाल्पावाटै अपलोड गर्ने रहर गरेपनि साइवरको स्लो नेट र प्रोग्रामको समस्याले गर्दा यतिवेला म राजधानीमा वसेर यो संस्मरण तयार गर्दै छु । म गतहप्ता विशेष कामवस पश्चिम नेपालको भैरहवा, वुटवल, पाल्पा र स्याङजा पुगेको थिंए । कुल तीन दिनको यात्रामा केही कामहरु भए भने कतिपय मित्रजन र आत्मिय जनहरुसंगपनि भेटघाट भएको थियो । मेरो यात्राका क्रममा पाल्पामा भेटिएका थिए । विश्वास, विष्णु र मिना ।
म भन्दा पछिल्लो पुस्ताका भएपनि म उनीहरुसंगको भेटवाट प्रशस्तै लाभान्वित भए । विश्वास भाइ न्यु होराइजन मावी पाल्पामा ८ कक्षा पढ्दै गरेको मेधावी विद्यार्थी हो । उ पिकासोको पथमा छ । यानिकी उसलाइ चित्रकलामा असाध्यै रुचीमात्र छैन कतिपय उस्तै स्केचहरु गरेर उसले मेरो मन जितेको पनि छ । उ वस्ने मीयालधाराको कोठाका भित्तामा टांसिएका चित्रहरु हेरेपछि उसप्रतिको मेरो स्नेह अझ वढेको छ । स्याङजावाट आधुनिक शिक्षाकालागि पाल्पा छिरेको उसमा शिक्षाप्रति जति मोह छ, चित्रकारिताप्रति त्यत्तिकै रुची । उसले वनाएका प्रमुख चित्रहरु ˆलोरेन्स नाइटिङगेल, स्वर्गीय राजा विरेन्द्र र भतिज निशानका मुहार चित्रहरु हेरेपछि मैले उसलाइ मेरोपनि त्यस्तै मुहार चित्रकालागि आग्रह गरेको छु । मधुर वाणीमा उसले मलाइ वचनपनि दिइसकेको छ । पढाइ र लगनले मात्र नभएर चित्रकारिताको उसको रुचिले मेरो नजिकको मान्छे हो-विशाल ।
विष्णु उच्च माध्यमिक विद्यालयको अध्ययनकालागि पाल्पा भित्रिएकी पछिल्लो पुस्ताकी प्रतिनिधी पात्र हो । विष्णु जति चलाख छे उत्तिकै तेजपनि । स्याङजाको आदर्श मावीवाट माध्यमिक विद्यालय पुरा गरेकी विष्णु नर्सिङमा भन्दा अंग्रेजी साहित्यमा रुची राख्छे । त्यसैले त उसले पारिवारिक दवावका वावजुद आˆनो रुचिको विषय अंग्रेजी पढेकी । विष्णु कक्षा ११ की विद्यार्थी हो । यद्यपि मैले उसमा कतिपय स्नातकोत्तर सकेको विद्यार्थिमा नपाउने गुण भेटेको छु । समझदार मात्र होइन वुज्रक पनि छे उ । मेरो व्लग नियमित पढेर टिप्पणी गर्न खप्पिस विष्णु आˆनो वचनमा पहाड जस्तै दृढ छे ।
पाल्पा मन परेन दाइ, पाल्पा भूवनोटमा मात्र सानो होइन हाम्रो स्तरका विद्यार्थीस्हरुको सोचाइपनि साघुरो पाए-म संगको भेटमा उसले टिप्पणी गरी । उसका वारेमा सोच्दा मलाइ लाग्छ उ अहिले भन्दा ५० वर्ष पछि जन्मेकी भएपनि त्यो सभ्यता र विकासलाइ पच्छ्याउन सक्ने दम राख्ने केटी हो । उसको भन्दा अघिल्लो पुस्ताको म उससंगको भेटपछि पछिल्लो पुस्ताको वारे अपडेट हुन पाउछु । त्यसैले उ मेरो आकर्षणकी पात्र हो ।
मैले पाल्पामा भेटको तेश्रो व्यक्ती थिइ मिना । मिना विष्णु भन्दा अघिल्लो कक्षाकी विद्यार्थी हो । उ लजालु मात्र होइन सम्वन्धहरुमा सिपालु पनि छ । भेटमा मेरो कम संवाद मिनासंग हुन्छ । कारण उ सधै लज्जावति झार झै प्रस्तुत हुन्छी । यद्यपि मसंगको भेटमा अघिल्ला दुइ जस्तै उपनि खुसी हुन्छी । विद्यालयकी अव्वल छात्रा मिना कलेजका दिनहरुमा पनि त्यो दम कायम राख्न सफल छ । गांउवाट शहर छिरेपनि गांउको मायामा मजस्तै उपनि हराउछी । पछिल्लो भेटमा उसले मसंग भनेकी थिइ-दाइ मलाइ त गांउ नै प्यारो ।
उ धैर्यताकी प्रतिमुर्ती नै नभएपनि धैर्यवान छ । उ जंगलका रुखहरु जस्तै धैर्य छ । कसलै छिमल्यो भन्दैमा प्रंतिवाद गरि नहाली रुखहरु जस्तै समय क्रमममा पलाएर त्यसको मिठो जवाफ दिने हिम्मत राख्ने मिना मेरो आकर्षणको अर्को पात्र हो । कमजोर नातासम्वन्धका वावजुद धेरै मजवुत आत्मिय सम्वन्ध रहेका विश्वास, विष्णु र मिना मेरा नजिकका जन हुन । त्यसैले पनि मैले उनीहरुको भेटलाइ प्राथमिकताको अघिल्लो सुचिमा राख्ने गर्छु । उनीहरुको सफलताको कामना राख्दै फरक वगरका यी शालिग्रामहरुको संझना ।
wao…. hows funny words..beeing pulled than Before
thanks 4 collection thats alll…...
my dear anup keep it up
Comment by JSR — December 22, 2007 @ 5:07 pm
waooo…. very funny words,Being pulled than Before….
Thanks 4 collection thats all….
my dearAnup keep it up
Comment by JSR — December 22, 2007 @ 5:10 pm
काँडा त बिज्यो बिज्यो विष त नभर न २
घाऊ त लाग्यो लाग्यो नुन त नछर न
माया त मार्यो, मार्यो २
भो अब हल्ला नगर २
काँडा त बिज्यो बिज्यो विष त नभर न
तिम्रो त जिन्दगीमा जता पनि बाटो २
शिरमा बेली फुलीदेला चमेलीको साटो
दुनियांले देख्दा खेरी तिमी कति जाती
कस्ले देख्छ तिर चल्या यहि छाती मािथ
पहाड त खस्यो खस्यो बाढि त नहुल न
माया त मार्यो मार्यो २
भो अब हल्ला नगर २
निर्मोहिकै संसार रैछ माया कँहा छ र
ढुङ्गा माटो बीचको पनि छुटयो क्यारे भर
दाष जति मलाई छाडि र्निदोषी बन्नु
दुनियांको नजर भरि हाँसी हाँसी जीउनु
आँशु त झर्यो झर्यो मुटु त नचुड न
घाऊ त लाग्यो लाग्यो नुन त नछर न
माया त मार्यो मार्यो २
भो अब हल्ला नगर २
काँडा त बिज्यो बिज्यो विष त नभर न
Comment by suresh — May 4, 2008 @ 4:51 am