गुगलमा विर्घा
लामो समयपछि गांउको फोटो तपाइहरुसंमक्ष पस्किन पाउदा आनन्द लागि रहेको छ । यो फोटो मेरो पौरख होइन नेटमा सर्च गर्दै जांदा गुगल अर्थवाट मिलेको हो यो फोटो । गुगलले स्याटेलाइटवाट हाम्रो गांउ विर्घालाइ कैद गरेको दुष्य देख्दा मलाइ लाग्नु मजा लागेको छ । अव विश्व सानो घेरामा आएको छ । कम्प्युटरमा विश्व पाउन सकिन्छ भन्ने कुरामा वेला वखत शन्देह लागेपनि कहिलेकांही हो जस्तो लाग्छ ।
हेर्नुस्त विर्घाको निरांसिल,खहरे र दार्सिङ गौडा सजिलै देख्ने गरी फोटो आएको छ । खेतवारी अली उजाड र करंखेतका केही खेतमा गहं’ देखिएकाले फोटो मंसिर महिनामै लिइएको ठम्याउन मुसि्कल पर्दैन । देश विदेशमा रहनु भएका तपाइ तमाम विर्घेली र विर्घालाइ मांया राख्ने सवैलाइ संझदै यो फोटो राखेको छु ।
तस्विरमा रहेका अन्य दृष्यहरु विर्घा र यसका छिमेकी गाविसका हुन । यी अन्य फोटाहरुमा मित्रहरुको सदासयता लुकेको छ । विना उंहाहरुको मांया यी फोटा यो व्लगमा आउथे भन्ने कुरामा मलाइ शंका छ । यतिवेला गांउ उजाड वनेको छ । शारदीय चिसोले आफ्नो राज जमाएको छ ।
खेतवारीहरु पानीको असुविधाले हरिया छैनन । अधिकांश पहाडको दशा यस्तै त हो नी । हरिया डांडाहरु अव खैरा डांडामा परिणत भएका छन । पहाडहरु तीन प्रकारका हुन्छन । हरिया पहाड, निला पहाड र काला पहाड । विर्घाका वरिपरी रहेर यो गांउलाइ उपत्यका वनाउन वल पुर्याएका लसर्घा डांडा, हिले, वासडांडा अव हरिया रहेनन । पातहरु खसेकाले रुखहरु काला देखिदै गएका छन ।चाडहरु हराएकाले गांउमा युवाहरु कमै भेटिन्छन । विदेशिनेहरुको लर्को वढेको छ । काठमाण्डौ, वुटवल, पोखरा होसा या वम्वै कलकत्ता, दिल्ली र दुवइ नै किन नहोस युवा विहिन वनेको छ गांउ । गांउ र मेरो एकसाथ संझना तपाइ सवै लाइ ।