November 22, 2007

फुलजस्तै फुलमांया दीदी

यसै समययमा म अघिल्लो वर्ष नवलपरासीको दाउन्नेमा थिंए । नेपाल टेलीभिजनवाट प्रशारण हुने हाम्रो संपदा-हाम्रो संस्कृती सुटिङ युनिटका साथमा म दाउन्नेमा रहेको थिंए । स्थानीय जनजीवनलाइ नजिक वाट उतार्ने उक्त नामको टेलीभिजन कार्यक्रम अहिले प्रशारण हुन छाडेको छ । यद्यपि पुराना तस्विरहरु पल्टाउदा मैले यो फाइल फोटो फेला पारे र संझिए हाम्रो सुटिङ युनिटलाइ सहयोग पुर्याउने सहृर्दयीहरु । यी सहृर््दयीहरु मध्ये अग्र प्रक्तिमा संझनाको शुचीमा आइन फुल जस्ती फुलमाया दीदी ।

 खासमा तनंहु माइती भएकी यी मनकारी दीदीको विवाह म्याग्दीका दमवहादुर पुनसंग भएको थियो । पेशाले व्रिटिस सेनामा रहेका यी दमवहादुरकी श्रीमती फुलमाया जती उदात्त मनकी थिइन त्यसको प्रभाव उनको सिंगो परिवारमा परेको प्रष्टै देखिन्थ्यो । फुलमाया दीदी आफ्ना रिटायर्ड लाहुरे पोइ दमवहादुरका साथ दाउन्नेमा सुखी जीवन विताइ रहेकी थिइन । उनका पती दमवहादुर समाज सेवामा श्रीमती फुलमायाका सहयोगी थिए भने उनका छोरीहरु त्यसका अचार जस्चा च्याट चुट्ट सहयोगी वन्दथे । हाम्रो टोली जव फुलमाया दीदीको घरमा पुग्यो त्यो चिटिक्क परेको घरमा राडी काम्लाहरु लहरै विच्छ्याइयो । छोरीहरुले रुचीअनुसार तातो चिया र चिसो चिया पास गरे । तातो चियामा कार्यक्रम संचालक नविन पान्डे र म थियौ भने चिसो तिर नेपाल टेलीभिजनका पुराना क्यामेरा म्यान वैजनाथ घिमिरे, मनोहरी थापा र साउन्डम्या रामहरी घिमिरे र सरोज थिए ।

हाम्रो मेजमानी पछि स्थानीय टिपिकल घरमा कार्यक्रम सुटिङ आरम्भ भयो । घरधन्दा भ्याइ वरी फुलमया दीदी मगर पोसाकमा छमछमी नाच्न हाजिर भइन । उनका साथमा थिए फुलकै विरुवा जस्ता उनका छोरीहरु । करिव तीन घन्टाको कार्यक्रमको सवै चांजोपाजो मिलाउने देखी पाहुनको मन राख्नेसम्मका सवै काम गर्न भ्याइन फुलमायाले ।

मैले यी फुलमाया दीदीको फोटो कुनै औशरमा कतै छांपुला भनेर ल्याएको थिंए । एक वर्ष वित्नै लाग्दापनि यी मनकारी दीदीको फोटो कतै प्रकाशनको अवसर जुरेन । यसो संझिए मेरो व्लगनै त्यसकालागि उपयुक्त रहेछ । मनोहरी थापासंग तस्विर खिचाएकी यी उन्मुक्त हांसोकी धनी फुलमाया दीदीकी छोरी (जसको नाम सोध्न मैले भुसुक्कै विर्षीएछु) र माथि मुस्कुराएकी फुलमया दीदी वर्ष गांठको संझनामा ।

हाम्रो टिमलाइ खाना ख्वाइवरी विदा हुने वेलामा हाम्रो मन राख्दै फुलमाया दीदीले भनेकी थिइन वावुहरु म वुढीलाइ विर्षिएपनि तामाका मुना जस्ता यी मेरा छोरीहरुलाइ चांही नभुल्नु है । म त कुन दुंनियामा पुगेर हराइ रहदा पनि मेरा टिमका मित्रहरु नविन पान्डे र मनोहरी थापाले भने यी तामाका मुनालाइ भुलेका छैनन है दीदी । वेला वेलामा रौसै वन्दै त्यो प्रशंग कोट्याउदा उनीहरुमा देखिने विजेताको भावले यो कुरा झल्काएको मैले चाल पाएको छु ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/11/22/p124/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com