वमे, गुरुकुल र मेरा मित्रहरु
मायालु शुनिल पोखरेललाइ मायाको खडेरी परेको खवर पढेको भोलीपल्ट म राजधानीको पुरानो वानेश्वरमा रहेको गुरुकुल स्टुडियो भित्र छिरेको थिंए । डिपार्टमेन्टले मेरो दोश्रो पीएचडी सेमिनार पेपर रिजेक्ट गरेकोले यो हप्ता मेरालागि चिन्तित वनेको थियो । खैर फरेन पलिसीमा लेख्न दिएको डिपार्मेन्टको अर्डरलाइ ज्ञानी वन्दै स्विकारेपनि त्यस सम्वन्धीत पुराना सामाग्री नभेटिदा म हैरान थिंए । आखिर पुरानो कला र संस्कृतीको उत्खननमा लागेको मैले यति जावो पेपर पनि तयार नगर्न त भएननी । आफैलाइ सान्त्वना दिदै म काममा एकचित्त वन्ने कोसीश गरेको थिए ।
पछिल्लो पुस्तालाइपनि नाटकमा समर्पित गराउनु पर्छ भनेर कक्षा एकमा पढ्दै गरेकी र कलामा रस भएकी मेरी भतिजीलाइ हेर्न नदिएको नंया नाटक वांकी उज्यालोको पनुर्मन्चनको खवरले म एक्लै गएर नाटक हेर्ने टुंगोमा पुगे ।
अपरान्हका कामहरु सकेपछि सांझको घाम हिमालहरुमा मात्रै देखिदा मैले गुरुकुलको रिमाल नाटकघरमा पाइला टेके । यो गुरुकुलसंग मेरो लगाव र पहिचान पुरानो छ । यससंग मेरा अत्यन्तै प्रिय मित्रहरु जोडिएका छन । स्नातकोत्तरको अध्ययनका शिलशिलामा म कीर्तिपुर होस्टेलमा रहदाका हमजीगर मित्रहरुलाइ म नाटकघरमा पुग्दा वढि संझिन्छु र संझिने नाममा प्यारो अश्विन उर्फ वमेअघिल्लो पंक्तिमा आउछ । भाग्य अजमाउन अष्ट्रेलीया रहेको वमेल घरी घरी फोन गरेर अनुप यार आइएम मिसिङ यु भनिरहन्छ । खैर संझिन पर्नेहरुले भुलेको यो सिजनमा वमेले मन राखिदिएको छ । नेपाल त म पल पल मिस गर्छु यार भनेर भावुक वन्ने वमे कलेजको ट्युसन फी संझिदा भने मुरमुरिन्छ ।
गुरुकुलमा यतिवेला एक्टरस स्टुडियोको प्रस्तुति वांकी उज्यालो मंचन भइरहेको छ । अघिल्लो हप्ता भतिजी सुमन सहित नाटक हेर्न नपाएपनि यो हप्ता म एक्लै गएर नाटक हेरे । नाटकका पात्रहरुसवैका नाम त कन्ठ भएनन । तर सवै परिचितै लागे । भाग्य अजमाउन मुलुक छोडेका युवा युवतिको विषयमा आधारित नाटकले म जस्ता उग्रं राष्ट्र प्रेम भएकाहरुलाइ राहत अवस्य दिएको छ । खासमा म अनुराधा वरालको अभिनय हेर्न पुगेको थिए- गुरुकुल । वंगाली मात्रृ भाषी अनुराधाको नेपाली उच्चारणमा केही समस्या देखिएपनि नाटक समग्रम ठिकै छ । युवा विषय र पश्चिमी शभ्यताका कारण केही भल्गर सिनहरु नाटकमा छन । म जस्ता दर्शकलाइ भने यी सिनहरुले अवस्य निराश वनाएका छन ।
साथीहरुले ट्रेडिशनल वा क्लासिकल भनेर घोचपेच गरे.पनि पन्डित पिताको समिप्यमा वाल्यकाल विताएको म पन्डित पुत्रकालागि सहजै ती दृष्य पचेनन । यद्यपि एक घन्टा चालिस मिनेटको समय सजिलै वित्यो ।
नाटक शुरु हुनु अघि नै कफी र धुंवाको तल तल लागेका थियो । जाममा फसेपछि समयका कारणले त्यो तल तल पुरा हुन पाएन । नाटकवाट निस्केपछि हिमालय ह्वाइट हाउस अगाडीको भुन्टी दिदीको क्याफेमा पसेर कफी र धुंवाको तल तल मेटाउदै गर्दा अनेक तर्कना मनमा आए । पुराना मित्रहरुका याद झन कडा भए । मित्र भरत यंहा भइदिएका भए लय मिलेको उनको वाणीवाट एउटा चिठी लेख्न मन लाछ, जुन मायाले धरधरी रुवायो त्यही मायालाइ भेट्न मन लाछ गांउथे होलान ।
भाग्य अजमाउन अष्टे्रलीया रहेका भरतका साथसाथमा मैले शिवहरी मैनाली र उत्तम पौडेललाइ पनि संझीए । कीर्तिपुरमा हंगामा पछि गुमनाम भएका शिवहरी अघिल्लो हप्ता प्रदर्शनी मार्गमा भेट हुदा उत्साहित देखिएका थिए । सिम्प्ली आइ एम स्टार्टिङ टिचिङ अन आरआर भन्दै थिए उनी । प्रतिभाषाली लाग्ने तर वाणीमा धैर्य नभएका परम मित्र उत्तम जीआरइकालागि मित्रमन्डली विर्षेर भुमिगत भएका छन । कवी उर्फ विन्दास मित्र निर्मल वाइसीयलको पुर्णकालिन वनेर कता जुलुस व्यवस्थित गर्न लागेका होलान । मौकमा मात्रै मित्रता निभाउने विमल अर्याल पोखराको दुनीयामा रमाएका छन । विहापछि उनले विगतको दुनीयालाइ निष्ठुर वनेर भुलेकोमा थैया लाग्छ कहिले कांही । पन्डित सधैको रोमान्टीक पात्र हो । उसंग मेरा त्रिचन्द्रकालिन दोष्ती छ । नंया युवतिपट्टजी वढि लगाव राखिस भनेर साथीहरुले आरोप लगाउदा पनि हासेर टार्ने त्यही स्टोरी टेलर वसुन्धारा तिर कमरा खोज्दै छु महिना एक पछि वुढीपनि खोज्नु पर्ला भन्दै छ ।
यीतमाम मित्रहरुका संझनाले मुटु भरिदा मेरा हात पनि डढ्नै आंटेछ । खैर बाँकी पछि ।