के सारो खुलेका यी हिमाल
हिमाली पठार हिंउमय भएको छ । हिंउहरु सेतै देखिन थालेका छन । अव केहीपछि कुहिरोले हिमाललाइ ढपक्कै छोप्ने छ । यसैले पनि हिमाल श्रृंखलाका तस्विर लिन म केही दिन अघि देखि विहानैको सिरेटोमा त कहिले सांझको सुर्यास्तमा उपत्यका वरपरका डांडामा चहारेको चहार्यै थिए । मौका वल्ल मिलेछ । लज्जावति झार जस्तो लजाउने हिमालहरु वेहुलीझै घुम्टो उघार्दै एकपछि अर्को देखिन लागे । कार्तीक २९ गते विहान म भक्तपुरको नालिन्चोक वरपर धेरैवेर रग्मगाए ।
करिव पांच वजेदेखि मेरो क्यामेराले स्न्यापहरु लिन शुरु गर्यो । सात वजेपछि खुल्न शुरु गरेका हिम श्रृंखलाहरु दश वज्दासम्म पनि हेर्न लायक थिए । क्यामेराको क्वालिटीका कारण भनेजस्तो फोटोहरु लिन नसकेपनि जे होस यस सिजनका धेरै फोटोहरु मेरो क्यामेरामा कैद भए । हिमालहरुमा हिंउ कम भएकाले भनेजस्तो सेताम्मे छैनन हिमालहरु ।
तैपनि यिनै हिमाल हेर्न देश देशावरवाट यायावरहरु आइरहेकै छन । विहानको सिरेटोमा कफी र धुंवा उडाउदै मैले फोटोहरु लिइरहदा भक्तपुरका किसानहरु खेतमा कामका लागि निस्किएका थिए । इट्टा वनाउने सिजन सकिएकाले होला । इट्टा चिम्नीवाट उतिसारो धुंवा आएको थिएन ।
यसपटक नेपालमा शान्ती छाएकोले धेरै पर्यटकहरु ओइरिएका छन । उनीहरुका प्रियपनि यिनै हिमाल र नेपालीका मुस्कान त हुन नी । राजधानी नजिकै रहेको जुगल हिमाल सिन्धुपाल्चोक जिल्लामा पर्छ । यो हिमाल यस भेककै प्रख्यात र सुन्दर हिमालमा गनिन्छ । जुगलले घुम्टो खोलेपछि शुरु भएको मेरो तस्विर श्रृंखला मैले दशवजैतिर विटमार्दापनि उसैगरी मुस्कुराइ रहेको थियो । मैले फोटो खिचिरहदा पोखरा घर भएका जगत तामाङ भाइ पटक पटक मेरो नगिचमा आइ फोटोहरुवारे जानकारी लिइ रहेका थिए । मैले अली झिजो मानेको वुझेपछि जगत पाखा लागे ।
स्कुले नानीहरु मेरो पासैवाट पार हुदा मैले उनीहरुलाइ एक एक गोटा कफी ट्याव्लेट वाड्न भ्याएं । यो जमानाका भुरा भुरी न परे थ्याङक्स अंकल भन्न किन छुटाउथे । म केही वेर भावुक वनेर आफ्नो विगत संझिए । खाली खुट्ट हातमा किताव च्यापेर क्लास शुरु भइसक्दा कक्षा कोठा छिर्ने मेरो विगत र झोलामा टिफिन च्यापेर समयमै टाइ भिरेर स्कुल हिड्ने यी केटाकेटीबीच तुलना गर्न खोज्नु मुर्खता हो भन्ने वुझेपछि म फोटोमै निमग्न भए । यसपटकका हिमाली फोटोहरु तंपाइलाइ कस्तो लाग्यो-कमेन्ट भेज्नु भयो भने मेरो मेहनत सफल भएको ठान्ने थिंए । आजलाइ यी श्रृंखला यति नै ।