कण्डम दिवस मनाइयो
दोहोरो सुरक्षाका लागि कन्डमको सही सदुपयोग गरौंु भन्ने नाराका साथ १३ औं राष्ट्रिय कन्डम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ।एचआइभीरएड्स यौनरोगको नियन्त्रण तथा जन्मान्तरका लागि विगत लामो समयदेखि नेपालमा पनि कन्डमको प्रयोग हुदै आए पनि यसको र्सवसुलभ उपलब्धता नरहेको र हिच्किचाहटका कारण खुलेर कुराकानी गर्न एवं बेचविखनसमेत हुन नसकिरहेकाले कन्डमको प्रयोगमा व्यापकता ल्याउन यो दिवस मनाउने गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीको पहलमा विसं २०५२ देखि बडादसैंको कोजाग्रत पूणिर्मापछिको पहिलो शनिबारका दिनलाई राष्ट्रिय कन्डम दिवसका रूपमा मनाउन थालिएको हो । यसमा नेपाल सरकार, एचआइभीरएड्सलगायत स्वास्थ्यका क्षेत्रमा कार्यरत ७० वटा संघसंस्थाको सहभागिता हुने गर्छ । देशका ७५ वटै जिल्लामा कन्डमको सही सदुपयोगसम्बन्धी चेतनामूलक र्याली, खेलकुद, गोष्ठी, प्रदर्शनी एवं यससम्बन्धी शिक्षा प्रदान गर्ने विभिन्न किसिमका कार्यक्रमको आयोजना गरिएका थिए ।