पैदलै हिंडी- रानीघाट र रिडी
जमरा सेलाउने पुर्णीमाको भोलीपल्टका घाम अरुदिन भन्दा तेज थिए । यसै दिन हाम्रो नंया ट्रेकिङ रुट पहिल्याउने यात्रा तय हुदै थियो । यात्रामा मेरा मित्र तथा पुल्चोकवाट सिभिल इन्जिनियरिङमा स्नातक सक्दै गरेका भाइ रमेशले साथ दिने भएका थिए । हाम्रो यात्राको गन्तव्य काठमाण्डु भएपनि नंया ट्रेकिङ रुट पहिल्याउन हामी दत्त चित्त थियौ । यो रुटको विकास गरी पर्यटक भित्र्याउन सके दुर्गम मानिएका यी गांउमा पनि विकास हुने र जनताको जीवनस्तर उठ्ने हाम्रो सपना थियो । अत्यन्तै संभावना युक्त भएर पनि मिर्मी, सेदिवेणी, आलमदेवी, रानीघाट, छेर्लुङ हुदै अर्गली निस्कने रुट सधै ओझेलमा परेको थियो ।
यसैको संभाव्यता अध्ययनकालागि निर्धारित हाम्रो यात्रा कष्टपुर्ण भएपनि लक्ष्यसाथ तय भएकाले रमाइलोपनि उत्तिकै थियो । ९ गते षष्ठीको विहान सवा सातवजेतिर रमेशले मलाइ व्युझाए । आमाले केही खाएर हिडिदिए हुन्थ्यो भन्ने वात्सल्यता देखाउदा देखाउदैपनि आलमदेवीको पनि दर्शन गर्ने तय भएकाले केही वोल्न सकिरहनु भएको थिएन । सहरमा रुपान्तरण हुदै गएको मेरो गांउमा सवारी साधनको निकै चहलपहलका बिच काठमाण्डौ आउनपनि हामीले उल्टो गन्तव्य चुनेकोमा केही लाल वुझक्कडहरु छक्क परेका थिए । विहानको करिव ८:३० वजे हामी झोला भिरेर लाग्यौ उकालो यात्रामा । नंया ठांउको यात्रा गर्नु कुनै गहकिलो पुस्तक पढ्नु जत्तिकै हो भन्ने मान्यतामा विस्वास गर्ने भएकाले होला यात्रा रमाइलो र स्मरणीय हुने कुरामा म ढुक्क थिए । रमेशसंग त ट्रेकिङकालागि फिट हुने रुक्स्याक रहेछ, म भने अफिसियल हुन सुहाउने व्याग वोकेर यात्रामा लागेको थिए ।
यात्रामा ड्राइ फुड उपयुक्त हुने भएपनि छोटो यात्रा भएकाले हामी त्यसको जोहो. गर्नु पट्टी लागेनौ । यद्यपि खल्तीभरी चकलेट वोक्ने र यात्रामा भेटिएका वालवालिकालाइ वाड्दै उनीहरुसंग भालाकुसारी गर्ने पुरानो वानीलाइ मैले यसपटकपनि निरन्तरता दिएको थिए । वैघा भन्ज्याङ करिव एक घन्टाको उकालो चढाइमा उक्लिएपछि हामीले डांडामा केही वेर थकाइ मार्यौ । शिखरवाट धित मरुन्जेल तस्विर लिने हाम्रो रहर भने मौषमको कारण पुरा भएन । घाम तेज लागेपनि तुवालो हाम्रो वाधक वनेर आइलाग्यो ।
![]()
वैघा भन्ज्याङमा केही वेर पिङ खेलेपछि हामी लाग्यौ आलम तर्फ । साथमा पानीपनि नभएकाले मुख सुकाउदै एक घन्टा हिडेर पुगियो – आलमदेवी । मेरो घर गांउ नजिकैको मन्दिर परिचित भएपनि समयक्रममा भएका परिवर्तनहरु हृर्ने मेरो इच्छा थियो । आलमको डांडोमा रिसोर्ट वनाउन नसकेपनि एउटासम्म गेष्ट हाउस वनाउन सके यंहाको टुरिजम डेभलपमेन्ट हुने कुरामा शंका गर्न सकिन्न । यो रमणीय डांडोमा रात विताउन पाए देश देशावरवाट आउने पर्यटकहरु कति खुसी हुन्थे होलान । सांझको जुनमा मायालुका हात समाउदै लसर्घा डांडो नाप्न पाए उनीहरुले आफुलाइ कति भाग्यमानी संझिदा हुन ।
विहानको सिरेटोमा रानीघाट दरवार र विर्घाको फांटलाइ क्यामेरामा कैद गर्न पाए उनीहरुले संसार जितेको महसुस गर्दा हुन । यस्तै तर्कना मनमा खेलादा खेलाउदै हामी पुगियो लसर्घा डांडामा । जंहा विक्रमको १९९५ देखि राजा जैन खांनको किल्लाको रुपमा रहेको पिठ शैलीको मन्दिरमा आलमदेवी रहेकी छिन । आलमदेवीको मन्दिर पिठ शैलीको छ । जसको आधुनिक निर्माण राजा विरेन्द्रका पालामा विक्रमको २०३७ मा सरकारी सहयोग तथा जनश्रमदानका आधारमा वनाइएको हो । आलममा पानीको समस्या सधैभरी उत्तिकै छ । धेरैले धेरै आश्वासन दिएपनि यंहाको खानेपानी समस्या सधैको गुनासोको विषय वनेको छ ।
आलमदेवीको दर्शनपछि हामीले केही समय खानाकालागि पर्ख्यौ । स्थानीय मोहन रानाकोमा खानापकाउन लगाएर हामी केही समय टहल्नमा वितायौ । लोकल स्वादमा मोहन रानाकी श्रीमतिले खुवाएको आंपको अचार र लर्केको दालसहितको भातले ज्रि्रो जगायो । खानापछि ढिला नगरी हामी ओर्लियौ सटुका हुदै रानीघाट तर्फ । राजा खड्ग शसमशेरले आफ्नी प्राण प्यारी रानीको स्मृतिमा वनाएको रानीघाट दरवारलाइ मुगल सम्राट अकवरले वनाएको ताजमहलसंग तुलना पनि गरिन्छ । रानीघाटमा रहेको स्याङजा र पाल्पालाइ जोड्ने पुल पार गर्दै हामी पुग्यौ रानीघाट ।
रानीघाटको वाटो विगतमा धेरै पटक ओहोर दोहोर गरेपनि धेरै समय नहिडेकाले मलाइ नौलो लागिरहेको थियो । रानीघाटमा रहेको सानो वजारमा विगतमा जस्तो चहलपहल थिएन । जुम्रा मार्दै वसेको महिलाहरुको हविगत हेर्दापनि रानीघाटको व्यापार खस्केको कुरा कसैलाइ सोध्नै नपर्ने गरी छर्लङ थियो । रानीघाटपछि हामी करिव डेढ घन्टाको हिंडाइमा पुग्यौ पाल्पाको छेर्लुङ । कोजाग्रत पुर्णीमा हिजै सकिएपनि तिथीको घटवढका कारण धारा पिपलमा रहेको विद्यालय प्राङगढमा सराए नांच चलेको रहेछ । स्थानीय युवाहरुले तरवार लिएर वाख्खै भन्दै नांचेको नांच मैले जीवनमा पहिलो पल्ट हेर्दै थिए ।
ठुलो मेलाका साथ चलेको नांचमा केही युवायुवतिहरु मादलुको तालमा माया चन्चले गांउन व्यस्त थिए । मित्र रमेशले पिङ खेल्ने रहर गरेपछि हामीपनि परिचित झै पिङ खेल्न लाग्यौ पिपल तर्फ । पाहुनाको सम्मान गर्न नसिकेको स्थानीय युवाले पालो नदिएपछि हाम्रो पिङ खेल्ने रहर भने अधुरै रह्यो । मेरो ध्यान पिङतिर गएको मौकामा रमेशले भने केही युवतिसंग वात मार्न भ्याएछन । देख्दामा सिधालाग्ने रमेशको यो उत्साह देखेर म पनि चकित मात्र वनिन रमेशकै वाटो पच्छ्याउदै एउटीलाइ जिस्काए पनि । कंहावाट आउनुभएको हो नी- उनको सोधाइलाइ मैले रमेशलाइ उछिनेर जवाफ फर्काए- विर्घातिरवाट । ए त्यसो भए त हाम्रो मावली पर्नुभएछ भनेर हाम्लाइ टार्न खोजेकी युवतिलाइ राक्दै मैलै थंपे, अं आज भान्जीहरुसंग भेट हुन पाइएछ । पाल्पा स्याङजा लगायतका स्थानमा मगरहरुको वाक्लो वस्ती भएकाले भान्जी भन्ने शव्दले तरुनीहरु भन्नेपनि वुझिन्छ । मगरहरु भान्जीलाइ विहा गर्ने भएकाले भान्जी भन्नु मायालुको साइनो जोड्न खोज्नु जस्तै हो ।
तिनै युवतिहरुसंग तल्लो छेर्लुङ संगै झर्ने निधो गरेपनि वाटोमा उनीहरुका साथीहरु भेटिदा हाम्रो यात्रा साथै हुन पाएन । हामी वाटो विराएर माथी लागेछौ केटीहरु हामीलाइ कुर्दै तल्लो वाटोमा पर्खिएछन । वियोगको यो झोकमा मैले वालेको धुंवामा युवतिहरुको भेटपछि भावुक वनेका रमेशले पनि साथ दिए । युवतिहरुसंग थप भलाकुसारी हुन नपाएको झंोकमा हामी तेर्सियौ अर्तुवा तिर । त्यसदिनको वास अर्तुवा वस्ने निधो भएपनि सानो गांउ भएकाले हामी अर्गली नै पुग्ने निधोमा लाग्यौ । भ्खरै डोजर हिडेको कच्ची मोटरवाटो हुदै हामी लाग्यौ अर्गली तर्फ । साझ झपक्कै भएपनि पुर्णिमाको आशपास भएकाले जुनको रछायामा हामी वेलुका आठवजे पुग्यौ अर्गली । वासको राम्रो व्यवस्था नभएपछि हामी लाग्यौ अर्गलीकै देउराली वजारतर्फ ।
देउराली वजारमा वास खोज्दै जांदा भेटिए माओवादीका नेता नेत्र पाण्डे । भुमिगतकालमा चर्चा वटुलेका नेत्र फरासीला भएपनि मार्सल आर्टका खेलाडी भएकाले हाउभाउमा त्यो कुरा प्रष्टै आउदो रहेछ । माओवादीको भुमिगतकालमा ख्याति कमाएका नेत्रसंगको भलाकुसारी पछि हामीले वास पायौ नेत्रकै दाजु नित्यानन्द पाण्डेकोमा । रक्सी खाने स्थानीय युवाको आलोचनामा मग्न नित्यानन्दले हाम्रा आंखा छलीछली मदिरा सेवन गरेको रमेशले फेला पारी छाडे ।
स्थानीय क्लवले रात्रीकालागि आयोजना गरेको सास्कृतिक कार्यक्रम हेरन उनै नित्यानन्दको साथ लागेर हामी लाग्यौ श्रमैश्वरी भगवतीको मन्दिर तर्फ । ठुलो जनसमुहको उपस्थिति रहेको कार्यक्रममा मदिरा सेवन नगरेका भने विरलै भेटिए । अर्गली मदिरामा मस्त रहेको निष्कर्ष निकालेर कार्यक्रम चल्दै गर्दा हामी फर्कियौ सुत्न । हिन्दी गितका क्यासेट लगाएर नाच्ने कार्यक्रमले हामीलाइ त्यति रोचकता दिन भने सकेन । यद्यपि स्थानीय वुढा वुढीहरुसमेत मध्यरात कट्दापनि नाच हेर्नमै मस्त थिए ।हिडाइको थकाइले न्रि्रा विहान आठ वजेमात्र खुल्यो । म त अझै केही वेर सुत्ने मुडमा थिए भाइ रमेशले किच-किच गरेपछि वाध्य भएर उठ्नै पर्यो । १० गते विहान हामी लाग्यौ रिडी तर्फ । जंहावाट हाम्रो पैदल यात्राको गन्ँतव्य सकिदै थियो । रिडीमा पुगेर कालीको स्नान गरेपछि हामीले रिषिश्वरको दर्शन गर्यौ । वस्ती उजाड भएको जस्तो लाग्ने प्राचिन रिडी वजारको रौनक हराएको थियो । हुने खानेहरु वुटवल वा काठमाण्डौ झरेका थिए भने आर्थीक अवस्था कमजोर भएका र शन्त महन्तहरुको वाहुल्यता थियो रिडी वजारमा । दर्शनपछि केहीवेर वजार घुमेर लाग्यौ हामी पाल्पा सदरमुकामा तानसेन तर्फ ।
वसको छतको यात्रा रोचक रमाइलो र स्मरणीय थियो । पाल्पा पुगेर केही वेर घुमेपछि हामी झर्यौ वुटवल । वुटवलमा काठमाण्डौका लागि वसको टिकट नपाएपछि हामी लोकल रुटको गाडी हुदै आइपुग्यौ नारायणगढ । नारायणगढमा मित्र अभिनवलाइ भेटेपछि हामी वसमा झुन्डिदै आइपुग्यौ मुग्लिङ । दशैको वेला भएकाले वसमा खुट्टो हाल्ने ठांउ थिएन । छतमा पनि मान्छे टन्नै । मुग्लिङवाट काठमाण्डौ आउने पोखराको वसमा वेन्चमा वसेर मित्र रमेश र म ११ गते विहान आइपुग्यौ कलंकी । यो काठमाण्डौ छिरेपछि तनाावको कुरा लेखेर यो रोचक यात्रालाइ कवाफमा हड्डी नवनाउ भो । अजलाइ यति है त ।
पाण्डेजी नमस्कार,
तपाईँको यात्राबर्णन पढेर खुशी लाग्यो। ब्लगको नाम थाहा भएर भन्दा पनि, पाल्पाको विषयमा खोज्दैजाँदा तपाईँको लेख भेटेको हो। तपाईँले भनेको रूट र तपाईँको सोचाइ निकै राम्रो छ। यस्ता कामहरू गर्न सकेमा पाल्पा, स्याङ्जा र गुल्मीलाई जोड्न सकिन्छ भन्ने मलाई पनि लागेको छ तर के गर्नु तपाईँ जस्तै म पनि काठमाडौंमै बसेको छु। हामीहरूले हाम्रो क्षेत्रलाई केही गर्न सकेमा पक्कै राम्रो हुने थियो। जे होस्, कम्तिमा उक्त ठाउँको प्रचार प्रसार मात्र गर्न सके पनि राम्रो काम नै हो।
हामीले पनि पाल्पाअनलाइन चलाउने कोशिस गरेका छौं। तर, राम्रोसँग चलाउन सकेका छैनौं।
हवस् त, कुनै दिन भेट होला, गफ-गाफ र आफ्ना विचारहरू साटा-साट पनि होला।
Comment by Sameer — November 17, 2007 @ 6:49 am
boughagumha
Comment by deepak bhattarai — April 18, 2008 @ 1:01 pm
ilove ranighate
Comment by deepak bhattarai — April 18, 2008 @ 1:02 pm