October 28, 2007

दशै रमाइलो रह्यो

Filed under: विर्घा

यसपटकको दशै सकिएको छ । दशै रमाइलो गरेर वित्यो । करिव १३ दिनको विर्घा वसाइका हर क्षण मेमोरेवल रहे । केही औपचारिक कार्यक्रम केही अनौपचारिक भेटघाटका बिच दशै विदा भयो । कार्तिक ४ गते दशैका दिन विहान ११ वजेको साइतमा टिका थापियो दिनभरी मान्यजनका घरघरमा गएर टिका लगाउनुको आनन्द त वेग्लै । मौला गएर सपरिवार सामुहिक टिका लगाएपछि सवैजना मान्यवरका घरमा हिड्ने हाम्रो पारिवारिक चलन छ । परिवारमा सवैभन्दा वृद्ध ठुलिआमा रहनुभएकाले पनि मौला टिका थाप्न जाने हाम्रो परम्परा विकसित भएको हो ।

दशैका रोचक पक्षहरु अनेक छन । पुर्ण साकाहारी भएकाले दशै खानपीनका दृष्टीले अप्ठेरो हुन्छ मलाइ । मांशाहारीको चहलपहलका बिच शाकाहारीको दशै शुनसानै हुदो रहेछ । तैपनी भेटघाट घुमफिरका बिच दशै रमाइलो हुन्छ । क्षेत्रपालमा पुजा लगाउदा हुने रमाइलो घटेर गएको छैन ।

वोका वली दिनेदेखि वन्दुक पड्काउनेसम्मक क्रियाकलापले सप्तमीको दिन रमाइलो गराउछ । अष्टमी तास खेलाइमै वित्छ । यसपटक त नवमी पनि थपियो तास खेलाइका लागि । दशैमा राकस्दी खोलामा लाइन लागेर नुहाउनुको मजै वेग्लै ।

अपरान्ह टिका लगाएर समुहमा मान्यजनका साथ टिका थाप्न जानुको रमाइलो र आशीस लिनुको आनन्द छदैछ । टिका लगाउदा म अक्सर खराल तिलचन वाजे, मौले हजुरवा र हिमलाला वासंग वढि खुसी हुन्थे त्यो परम्परा यद्यपि छ । उंहाहरुले मन्त्र फलाकेर दिने आशिसको मजै वेग्लै । यसपटक धेरै साथीहरु भित्रिएका रहेछन । यद्यपि अन्य हावादारी युवकहरुमा भन्दा मेरो आकर्शण प्यारा मित्र तथा भाइहरु टुप्पी शुरेश र रुकुम सोल्टी विजयमा छ । अध्ययन्का कारण उनीहरु यसपटक उपस्थित नभएकोमा अलि खल्लो भने लाग्यो ।

यसपटक हाजिरि जवाफ, भलिवल प्रतियोगीता, पिकनिक तथा पाल्पा भ्रमण र काठमाण्डौ फर्कने क्रममा भाइ रमेश संग आलम, रानीघाट, छेर्लुङ, अर्गली तथा रिडी हुदै फर्कदाको मजै वेग्ले थियो । यस भ्रमणका वारेमा केही लेखुला भनेको छु । फोटोहरु सवै रेडी छन । केही दिनमै यसवारे लेखुला भन्ने सोच्दैछु ।

 

दशैमा जुठो सुतक परेर थुनिने अप्ठेरो यसपटक भोगिएन । तास खेल सामान्य रह्यो न हार, न जितको अवस्था । तपाइहरुको दशैपनि रमाइलो रह्यो होला भन्ने अपेक्षा गर्दै प्रतिक्रियाको अपेक्षा गरेको छु ।

1 Comment »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/10/28/p98/trackback/

  1. sir namaskar, dashain dharai ramailo bhayachha mani lovyaaune .huna ta ma birgha ko manchhe haina taipani mero jiwanko satha dine saino ra dharai relatives birgha sanga jodieko hunaale yi dui commentrupi bahanaale tapaisanga parichita huna man lagyo.thanks-sikaru

    Comment by surya sharma — October 26, 2008 @ 5:09 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com