लाइव्रेरीमा हाजिरी जवाफ सम्पन्न
दशैको पन्ध्र दिन लामो वसाइपछि म काठमाण्डौ फर्केको छु । दशैको अवसरमा राजधानी वाहिर रहनु परेकाले नियमित व्लग अपडेट हुन नसकेकोमा खिन्न हुदै कमेन्ट वक्स खोलेको त तपाइहरुको मायाले म छक्क परेको छु । दशै रमाइलो रह्यो । यो पटक पुर्वी तराइ वाहेक मुलुक शान्त रहेकाले सवै नेपालीले खुशी पुर्वक दशै मनाए । म पनि दशैको अवसर पारेर असोज २६ गते माइक्रोवस चढेर विर्घा पुगे ।
यसपटक दशैको अवसर पारेर गर्ने केही औपचभारिक कार्यक्रमहरु थिए । भेटघाट र घुमघाम त छदै थियो । मनसुन पछि सम्म रहेकाले मिर्मीवाट वस पाउने झिनो संभावनाका बिच हामीले कुलाको वांध वाट हिडेरै घर पुग्यौ । मेरो यात्रामा विररघेलीहरु म्ााधव, अर्जुन, अनिल तथा सुधन साथी थिए ।
वाटोवाट चक्रुदाइ पनि थपिए । जे होस रमाइलै पुगियो घर । मेरो स्वास्थ्य खराव रहेकाले पुर्व निर्धारित कार्यक्रम अनुसार ट्रेकिङमा जान पाइएन । तैपनि घर जान पांउदा मन फुरुङग थियो । दशैमा यसपटक धेरै गांउलेहरु भित्रिएका रहेछन ।
२७ गते हल्बा झरी पर्यो दिन त्यसै वित्यो । २८ गते लाइव्रेरीको मिटिङ थियो, त्यसमै भुलियो । २९ गते अशोक, म, दयाराम, दीलीप, अनिल, धर्म, गणेश, केशव भएर माइक लिन पुगियो खहरे । खहरेवाट माइकिङ गर्दै आइयो लाइव्रेरी ।
३० गते वुधवार गावीसको प्राङगणमा हाजिरी जवाफ गरियो । गल्याङ पश्चिमवाट आएका विभिन्न मावीहरु मध्ये श्री भवानी मावी वैघा प्रथम भएर पुरस्कार हात पार्यो, श्री जनता मावी विर्घा दोश्रो भयो भने विरेन्द्रमावी जैपते तेश्र्रो भयो ।
कार्यक्रममा स्थानीय हिमलाल पान्डे, दुर्गा पान्डे, नारायण पान्डेले ठुलो सहयोग गर्नु भयो भने । भाइ रमेश, अशोक र भान्जा दिलिपवाट ठुलो प्राविधिक सहयोग मिल्यो । गांउलेहरुको उल्लेख्य उपस्थितिले कार्यक्रमलाइ रोचक वनाएको थियो ।
विभिन्न १० राउन्डमा सोधिएका प्रश्नहरुपछि अडीयन्सकालागि ३ वटा प्रश्न सोधिएको थियो । प्रत्येक प्रश्नको डायरी, कलम र क्याटवरी दर्शकलाइ पुरस्कार दिइएको थियो ।