October 28, 2007

कुलाको वांधमा पिकनिकको रमाइलो

Filed under: विर्घा

मैत्रीपुर्ण भलिवल प्रतियोगितामा विजयी टिमका तर्फवाट आयोजना गरिएको पिकनिक कार्यक्रम कार्तिक ७ गते कुलाको वांधमा सम्पन्न भयो । करिव ७५ जना सहभागी रहेको उक्त पिकनिकमा सांसद शंकर पान्डेका अलावा भलीवल खेलमा संलग्न आयोजक, खेलाडी र प्रशंसकको उपस्थिति रहेको थियो ।

विहान १० वजेवाट शुरु भएको पिकनिक अपरान्ह पांचवजे सकिएको थियो । पाहुनाका रुपमा वलाम जैपतजे वाट रामप्रसाद न्यौपाने र सुन्दर न्यौपाने सहभागी रहेका थिए । पिकनिक स्पटमा नंया पुराना खेलाडीले रमाइलो गरेका थिए । दुर्गा पान्डे, भुमा पान्डे, राम पान्डे, जलेश्वर पान्डे, कोशल पान्डे, दिवाकर पान्डे, नविन पान्डे, इन्द्रदेव पान्डे लगायतको उपस्थितिले कार्यक्रलाइ थप रोचक वनाएको थियो ।

खिमानन्द पान्डे, सुन्दर पान्डे र नविन पान्डेको गीत संगीतले कुलाको वांध र यंगुदी वरिपरिको वातावरण रमाइलो भएको थियो ।

 

पिकनिक पछि कट्टीका सहभागीहरु वुटवलको वसको छतमा वसेर गीत गाउंदै फर्केका थिए । का्यक्रम दशैको अवसरको पुनर्मिलन वन्न पुगेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/10/28/p100/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com