वनेपाको वसमा -४
अपडेट २५ असोज, काठमाण्डौ । शरदको मजा लिदै मैले केही स्न्याप फोटोहरु लिइरहदा एक हुल युवतिहरु मेरो पासैवाट पार भए । काममा दत्तचित्त म फेरी झसंग वने । यो यामपनि अलि अनियन्त्रीत नै छ -मैले मन मनै भने । वेलुकाको डिनरकालागि नुमालाइ भेटेनु अघि मैले यो सिजनका फोटोहरु धित मरुन्जेल लिने विचार गरेको थिए । आजको मौषमपनि यो वर्षकै उत्कृष्ट भन्दा फरक नपर्ने खालको थियो । सेतो हिउले ढाकिने जुगल हिमाल आज सेतो वादलु घुम्टो भित्र थियो । आज स्कुल कलेज विदाको दिन भएकाले होला थरी थरीका युवति खित्खितिदै ओहोर दोहोर गरीररहेका थिए । कसैले मैलाइ असजिलो हुने गरी हिडेका थिए । हैन काममा दत्त चित्त हुनपनि दिएनन यी मोरीहरुले ।
झलक्क संझिए फेरी नुमालाइ । हत्तेरी कत्ति संझिरहेको वेलुकाको डिनर उसैसंग त होनी । आफैलाइ अली कन्ट्रोल गरेर काममा डिभोटेड गराउन चांहे मैले । यो मन मन त मेरो गोर्खाली हो -किन मान्थ्यो हत्त न पत्त थिचे ९८४१२२
तिमरा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा जुनी जुनी संगै जिउने मिठो मिठो वाचा रामकृष्ण ढकालले मुटु भित्रै छुने गरी गायो । फोन उठेन ।हैन हो किन होला रिसिभ नगरेको म एक्लै रन्थनिदै नंया आइडिया फुराउन लागे । साथैमा रहेको सी फोनवाट रिङ दिए । यो फोन मेरो भन्ने उसलाइ भेउ थिएन । हिमाली पठारमा पनि टिप्ने भएकाले मैले भर्खरै सी फोन लिएको थिए । जुनकुरा मैले नुमालाइ खवर गरेकै थिइन । यसपटक त नेशनल एन्थम वज्यो, त्रि्रा लागि मुटु दिन्छु भन्ने गीत त मेरालागि पर्सनल रिङ व्याक टोनमा सेट गरेकी रहिछ । सी फोनवाट पनि उसको फोन उठेन ।
दिक्क हुदै आफ्नै प्रिपेड मोवाइलवाट कल गरे यसपठक भने उसको मधुर स्वर फोनको गन्तव्यवाट वोलेको थियो । उसको स्वरैले म नतमस्तक छु । हलो किन नवोलेको उसले सोधी । त्रि्रो स्वरको मादकताले मैले वोली विर्सेछु – हल्का मस्का लगाउदै वोले । हुम हह हु । उ हांसी । नजिकै भएको भए उसका गालमा परेको खोपिल्टा देख्न पाउथे होला । फोनमा त्यसको आत्मियतामात्र आभाष गरे । रिङ व्याक टोन राम्रो लाग्यो तर पुरै त सुनिएनन नी । यो त सव भन्ने कुरा न हो नसुनिएकोमा मैले कम्प्लेन गरे । त्रि्रालागि त्यति मात्रै हो । फोनको सेटिङमा गएर मिलाइ सकेकी रहिछ । मलाइ खुच्चिङ गरी । वेलान कुवेला किन फोन गरेको उसले हल्का हपारेको स्वरले सोधी । त्रि्रो यादले मैले सत्यतालाय अतिरंजित नगरी जवाफ फर्काए । तिमरो संझना तिवर् भएर आएपछि अरु त अरु मैले नियमित काम समेत गर्न नसक्ने भैसके मैले हल्का गुनासो गरे । अनि मैले क गर्ने त – अली कता भाउ खोज्दै उ प्रस्तुत भइ । के गर्ने भने । अं मसंग नरिसाउने । टाढापनि नजाने । माया गरीराख्ने । मेरो अली वढि केयर गर्ने । अं वेला वेला राम्रो काम गर्दा धाप पनि मार्ने ।
हत्तेरी कत्ति केटाकेटी हुन सकेको उसैले रोकी । म तिमीलाइ भेटेपछि कुनै रुन्चे केटाकेटी भन्दा कम भएको छैन । जवाफ फर्काए । अव चार घन्टा मात्र त छनी डिनरकालागि । ल भैगो म आधा घन्टा अगाडी नै आइदिउला, भयो । उसले मलाइ वोनस दिदै वोली । फोन राखेपछिपनि म धैर्य हुन सकेको छैन । मलाइ अरु तीन घन्टा यो शताव्दी भन्दा वढि लामो लागेको छ । आज उसले के भन्ली । अं मधुरो क्यान्डीलको रापमा उ हिंउ जस्तो देखिन्छे की घाम जस्तो यस्तै तर्कना मनमा खेली रहेका छन……