October 5, 2007

मौलाको पीपल ढलेछ

Filed under: विर्घा

देउरालीको वरै ढलेछ,

चौतारीको पीपल ढलेछ,

वाटो हिड्ने वटुवाको सितल ढलेछ……

१८ असोज, काठमाण्डौ । क्षेत्रप्रताप अधिकारीले लेखेको यो गीत सिशिर योगीले त्यसै गाएका रहेनछन । यसमा राम्रो दम रहेछ भन्ने ज्ञान मलाइ यतिवेला फिरेको छ । स्वभावैले पहाडको मेरो आकर्षण रहनुमा सुदुर गांउ विर्घाको ठुलो हात छ । समयक्रमले विर्घा विरानो भएपनि त्यहांका स्मर्णहरु कहिल्यै धुमिल हुदा रहेनछन । स्याङजा सदरमुकामवाट अलि परै रहेको विर्घा कालिगन्डकी जलविद्युत परियोजनासंगै पुगेको मोटर सुविधाले सुगम भएको छ ।

शैक्षिक दृष्टीले अव्वल रहेको विर्घा मेरो मिठो विगत हो । भविष्यको त कस्लाइ के थाहा । मेरो जीवनको लामो कालखन्ड विर्घा त्यसमाथिपनि मौलामा वितेको छ । मौला भन्ने वित्तिकै पिपल त कस्ले विर्सेला र । मौलाको पिपल त्यो भेकको परिचय थियो । हामी दैलामारा खेलेर वस्ने देखि सांझका रहिसहरुले आराम गर्ने थलो थियो त्यो । प्रत्येक दशैको पिङ मौला चौपारीमा हुन्थ्यो । त्यस भेकका साना तिना मिटिङ मौला चौपारीमै हुन्थे । मेरो वाल्यकाल यही चैपारीको लुकामारीमा वितेकोले होला यसप्रति मेरो वहुतै आकर्षण थियो ।

यति लामो भुमिकावाट तपाइले कुरो थाहा नपाउनु भएको भए । यता अगाडी वढौ । अस्तिको भिषण पानीपछि पहिरो जांदा मौलाको पीपल ढलेछ । यो खवर सुनेदेखि नै विगतले मलाइ घोच्यो । मौलाको पीपल ढलेपछि मौलाको अस्तित्व अव के नै पो रह्यो र । म पछिल्लो पटक विर्घा जांदा रुकुम सोल्टीले पाइप तानेको शुरमा यसै चौपारीका आड लागेर भनेको थियो । दाइ अनि मलाइ ….उस्ले छोडी । उसको उदासीमा पाइप तानेर मैलेपनि साथ दिएको थिए । सुरेश जसलाइ म मांया गरेर डढे भन्थे उनीसंगका वाल्यकालका स्मृतिमा त हरेकपटक मौलाको चौपारी नै जोडिन्छ । कतिलाइ छहारी कतिलाइ सुहारी ल्याइदिएको त्यो चौपारीको संझनामा ।

तस्विरमा देखिएको चौपारी नै मोला चौपारी हो । र अगाडी देखिएको घर मेरो वाल्यकाल वितेको घर हो । समयक्रमले यो घर अहिले खाली छ । अहिले त मुसाले पनि गुड छोडे होलान । सुन्छु मेरो घरको आगंनमा गांउ भरीका कुकुर भेला भएर हल्ला गर्छन रे । कमसेकम भैरवको त समिप पाएको रैछ घरले । यस्तै भनेर चित्त वुझउदै छु । दशैको अवसर पारेर म यही २५ गते विर्घा जादैछु । संभवत ३० गतेसम्म पुग्छु होला । विभिन्न ठांउ घुम्दै जाने भएकाले टाइम लाग्छ । ३० गते मातृमूमी पुस्तकालयमा जिल्लाभरका विद्यालयस्तरिय कार्यक्रम छ । यसमा मेरो जिम्मेवारी पनि छ । मलाइ यसपटकको वसाइमा त्यती मजा आउला जस्तो छैन । मनले खामेका साथीहरु कोही कता कोही कता छन । अझ भएका साथीहरु भुल्ने ठांउ चौपारी पनि नरहेपछि त के मजा आउलार ख्वै । यो संझना त्यही मौला र चौपारीलाइ । यो फोटो गएको हिंउदमा लिइएको थियो । अव पीपल ढलेपछि यस्तो दृष्य फेरी लिने मेरो धोको अधुरै रहेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/10/05/p81/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com