काठमाण्डौको खवर
११ असोज, काठमाण्डौ । राजनीतिक सर्गर्मी वढ्दै जादा काठमाण्डौको मौषमा एक्कासी चिसो भएको छ । मौषमले मानिसलाइ अत्यधिक प्रभाव पार्दो रहेछ । खासै चंगा छैन मन । लेख्ने विषयवस्तुहरु खासै आएका छैनन । वनेपाको वस ३ लेखुला भन्दै छु । नेटले घरी घरी दिक्क वनाउछ । एउटा फोटो अपलोड गर्न आधा घन्टाको समय लाग्छ । अव विचार गर्नुस्त एक घन्टामा एउटामात्र फोटो अपलोड भए वांकी फोटो अपलोड गर्दा त दिन जान्छ । मुलुक कठिन संकट वाट गुज्रीएपनि मेरो सामान्य जीवनमा कुनै परिवर्तन छैन । आजवाट राजधानीवाट प्रकाशित हुने आफुलाइ ठुल्दाजु भनाउदो कान्तिपुर पत्रिका छापिएको छैन । विहानै आउने पत्रिका ढिला भएको छ । हुनत म अचेल विहानै निस्कने भएकाले अफिस तिरै हेर्छु पत्रिका पनि । रामदेवले योग शिविर समापन गर्दा प्रशान्त तामाङ नेपाल आउदै छन । राम्रै व्यापारको प्रोजेक्ट छ रे । प्रायोजन र प्रमोशन सुर्य नेपालको न पर्यो । वर्माका भिक्षुहरु सडक प्रदर्श्नमा ओर्लिदा हाम्रो मुलुकमा पनि डीभी पीडितहरुले टायर वालेका छन । यो सतिले सरपेको मुलुकमा विचित्र देख्न पाइन्छ ।
दशै आउनै लाग्यो । मेरा मित्रहरुले देश विदेशवाट सम्पर्क गरेर दशै विस गरेका छन । म उनीहरुलाइ थ्याङक्स भनिरहेको छु । सोर्ह श्राद्ध हिजोवाट सुरु भयो । म पनि सानैमा पिताजी गुमाएको मानिस हुं । हिजो श्रद्धा पूर्वक श्राद्ध गरे । आन्नद आउछ मलाइ संस्कृतीसंग नजिक हुंदा । काठमाण्डौमा कफीको सिजन सुरु हुदाका संझनाहरु यति नै ।