September 26, 2007

वनेपाको वसमा -२

अपडेट ९ साउन, काठमाण्डौ । तिमी त हावामा उड्न सिपालु रहेछौ नी,उसले व्यङ्ग्य गरी । त्यस्तो होइन-तिमीहरु जस्ता युवति साथमा छदा म नियन्त्रणमा रहन सक्दिन, मैले उसलाइ मस्का लगाए-सपनाहरु अली ज्यादै आउछन मेरो मनमा । मस्किदी रैछ । फिस फिस हांसी रही । मुल हौ भने रसाइदेउ, फुल हौ भने वसाइदेउ…. । मैले विस्तारै हेमन्त शर्मा गुन्गुनाए । म्यूजिकमा सार्है रस लिदा रैछौ उसले फुर्क्याइ, ट्वान्टी जीवीको आइपोड डिस्कनेक्ट गर्दै मेलै भने- साथमा युवती छन भने मात्रै । अव मेरो यात्राकालागि आइपोडको जरुरत थिएन । उसका कुराले नै मलाइ म्युजिकको झंकार दिइरहेको थियो । गायकपनि हौ की उसले व्यङग्यात्म प्रश्न तेर्साइ । तिमीले लेख्यौ भनेमात्रै गांउला, मैलेपनि खाली ठांउ भरी हाले । रसिक रहेछौ-मस्का उसले लगाइ । इमान्दार पनि छु-फेरी स्पेस छोडे मैले ।

वस वनेपाको चारदोवाटो चोक पुग्नु अघि मैले फेरी उसलाइ हेरे । हिंउ जस्ती गोरी त घामका किरनले स्याउ जस्ती पो वनेकी रहिछ ।

तिमी मसंग भैदिए, जेसुकै आट्न सक्छु म, हेरेर तिमीलाइ नै जीन्दगी काट्न सक्छु म……। वस मेरो गन्तव्यमा आइपुग्नै लाग्दा अलि हतार गरेर गुन्गुनाए मैले । फुस फुस फेरी हिंउ परे जस्तै हांसी उ । तिमी त हिमाल जस्तै रहिछौ नी मैले उसलाइ फेरी झस्क्याए । किन मसंगको यात्रा चिसो भयो र- उसले अलि कडा रुख अपनाइ । हैन हैन । म सम्हालिदै वोले-तिमी त हिमाल झै हांसीरहने, हिउं जस्तै स्निग्ध, हिमालवाट वग्ने पानी जस्तै कंचन, अनि आरोहणका लागि आरोहीहरुलाइ निम्त्याइ रहने, घरी घरी वादलुको घुम्टोले छोपिने, जति हेरे पनि धित नमर्ने एक चोटी देखेपछि भुल्न नसकिने, फेरी भेट्न पाए हुन्थ्यो जस्तो लागिरहने अनि अनि छोडेर हिड्नै मन नलाग्ने…. म उसको प्रशंसामा हराइरहदा उसले झक्झकाइ योर फोन इज रिङगिङग । सरी है, मैले भने म त तिमीसंगको सामिप्यतामा होसै गुमाउने भएछु । हत्त न पत्त फोन उठाए । सर क्लासमा नआउने-जान्ने टोपलिनु पर्ने मेरो विद्यार्थी रहेछ । म कल्पनामा हराइरहदा वेलुनमा प्वाल पार्ने काम गर्यो वज्जियाले । आउदैछु-मैले जवाफ फर्काए । तंपाइ टिचर हो । तिमी लगाइरहेकी उसले मलाइ एक्कासी मन नपर्ने संवोधन गरी । अं त्यस्तै केही मैले टार्न खोजे । कुन इन्स्ट्युसन उसले सोधी । त्यस्तो खास छैन , मैले फेरी टार्न खाजे । मैले वुझे मल्टिपल कलेज हो- उसले भनी । उसलाइ छल्ने उपाए नलागेपछि मैले मुन्टो हल्लाए । मल्टिपल त गइसक्यो त, उसले झस्काइ । हत्तेरी मैले मुख रातो वनाए । भाइ वस रोकिदेउ-उसैले जान्ने टोपलिएर कन्डक्टरलाइ अर्डर गरी । वाध्य भएर म ओर्लिए । हंअ

दिक्क भएर म नहेरी फर्किए । क्लास त्यति राम्रो गएन । सर फ्रेस देखिनुहुन्न नी जान्ने टोपलिनु पर्ने विद्यार्थीले फेरी चसक्क घोच्यो । हैन ठिकै छ । क्लासको इज्जत धान्दै मैले भने ।

दिक्क हुदै राजधानी छिर्ने वस स्टप आए । सर्प्राइज नुमा त वसस्टपमा कुरेर वसेकी पो रहिछ । फेरी मसक्क गर्दै मलाइ स्वागत गरी । मेरो मुहारमा विहानी छायो । काठमाण्डौ आउने वसको विच्चको सिटमा उसले झ्याल रोजी । म भने छेउमा । सरलाइ दिक्क त लागेन उसले मलाइ मल्हम लगाइ । प्लिज सर नभन न । मैले वातावरणलाइ अली खुकुलो पार्दै वोले । ओ.के. उसले मेरो कुरामा समर्थन जनाइ । पुन वस नालिन्चोकको तर्पाएमा कोल्टियो । फेरी घामका किरन सरी उ मेरो काखमा तेर्सीइ । मैले यो पटक भने विहान जस्तो असहज मानिन । उस्लेपनि उठ्नलाइ हतार गरिन …………..

2 Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/09/26/p62/trackback/

  1. pandey ji u seems very romantic in banepa-2.
    your writing style is simple but touchy.
    you style of expression.
    i enjoyed it very much.
    ashok

    Comment by asho silwal — September 26, 2007 @ 10:57 am

  2. Pandey sir
    your banepa 1 and 2 is so imtresting. man6e lai ekdamai vavuk banaune khal ko ra6a.aba banepa 3 pani 6ittai padna pau . tapai ko lekhan saili ajha tikkhar hos ehi kamana .

    Abdullah, Nabin

    Comment by Administrator — September 30, 2007 @ 7:58 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com