वनेपाको वसमा -२
अपडेट ९ साउन, काठमाण्डौ । तिमी त हावामा उड्न सिपालु रहेछौ नी,उसले व्यङ्ग्य गरी । त्यस्तो होइन-तिमीहरु जस्ता युवति साथमा छदा म नियन्त्रणमा रहन सक्दिन, मैले उसलाइ मस्का लगाए-सपनाहरु अली ज्यादै आउछन मेरो मनमा । मस्किदी रैछ । फिस फिस हांसी रही । मुल हौ भने रसाइदेउ, फुल हौ भने वसाइदेउ…. । मैले विस्तारै हेमन्त शर्मा गुन्गुनाए । म्यूजिकमा सार्है रस लिदा रैछौ उसले फुर्क्याइ, ट्वान्टी जीवीको आइपोड डिस्कनेक्ट गर्दै मेलै भने- साथमा युवती छन भने मात्रै । अव मेरो यात्राकालागि आइपोडको जरुरत थिएन । उसका कुराले नै मलाइ म्युजिकको झंकार दिइरहेको थियो । गायकपनि हौ की उसले व्यङग्यात्म प्रश्न तेर्साइ । तिमीले लेख्यौ भनेमात्रै गांउला, मैलेपनि खाली ठांउ भरी हाले । रसिक रहेछौ-मस्का उसले लगाइ । इमान्दार पनि छु-फेरी स्पेस छोडे मैले ।
वस वनेपाको चारदोवाटो चोक पुग्नु अघि मैले फेरी उसलाइ हेरे । हिंउ जस्ती गोरी त घामका किरनले स्याउ जस्ती पो वनेकी रहिछ । दिक्क भएर म नहेरी फर्किए । क्लास त्यति राम्रो गएन । सर फ्रेस देखिनुहुन्न नी जान्ने टोपलिनु पर्ने विद्यार्थीले फेरी चसक्क घोच्यो । हैन ठिकै छ । क्लासको इज्जत धान्दै मैले भने । दिक्क हुदै राजधानी छिर्ने वस स्टप आए । सर्प्राइज नुमा त वसस्टपमा कुरेर वसेकी पो रहिछ । फेरी मसक्क गर्दै मलाइ स्वागत गरी । मेरो मुहारमा विहानी छायो । काठमाण्डौ आउने वसको विच्चको सिटमा उसले झ्याल रोजी । म भने छेउमा । सरलाइ दिक्क त लागेन उसले मलाइ मल्हम लगाइ । प्लिज सर नभन न । मैले वातावरणलाइ अली खुकुलो पार्दै वोले । ओ.के. उसले मेरो कुरामा समर्थन जनाइ । पुन वस नालिन्चोकको तर्पाएमा कोल्टियो । फेरी घामका किरन सरी उ मेरो काखमा तेर्सीइ । मैले यो पटक भने विहान जस्तो असहज मानिन । उस्लेपनि उठ्नलाइ हतार गरिन …………..
pandey ji u seems very romantic in banepa-2.
your writing style is simple but touchy.
you style of expression.
i enjoyed it very much.
ashok
Comment by asho silwal — September 26, 2007 @ 10:57 am
Pandey sir
your banepa 1 and 2 is so imtresting. man6e lai ekdamai vavuk banaune khal ko ra6a.aba banepa 3 pani 6ittai padna pau . tapai ko lekhan saili ajha tikkhar hos ehi kamana .
Abdullah, Nabin
Comment by Administrator — September 30, 2007 @ 7:58 am