वनेपाको वसमा
३ असोज, काठमाण्डौ । क्यान आइ ज्वइन योर सिट- मैले यसो भन्दा उसले खुसी साथ-आफ कोर्स भनेर मलाइ मार्ग प्रसस्त गरी । हप्ता दिनलामो दार्ही सिनित्त पारेर फाल्दा त्यसै त मन चंगा भइरहेको वेला त्यसमाथि सोडषीको हार्दीकता । साइत वलियै परेको रहेछ । फुत्त मुखवाट वाक्य फुस्किएछ । ह्वाट यु सेइङ-धन्न सुनिनछ । केही होइनन मैले टार्दै भने- हाउ सन्नी डे । मैले विहानी क्लासको लागि आधा काठमाण्डौ विहानीको निन्द्रामा मस्त छदा वनेपाको वस पक्डेको थिए । उ नर्सीङ अन्तिम वर्षकी विद्यार्थी के यु को वस छुटाइछ । के भयो त ठिकै भयो नी मैले भने । ह्वाइ, अलि आवेसमा आइ उ । होइन होइन हाम्रो भेट त संभव भयो नी-मैले उसलाइ अली कुल गराउन खोजे । फिस्स हांसी । वस नालिन्चोकवाट अलि माथि तर्पाए लाग्दै गर्दा उ मेरो काखमा हुत्तिइ । थ्याङक्स तर्पाए मैले मन मनै भने । सरी उ अली लजाउदै मसंग तर्किइ । डन्ट वरी यो कोल्टेमा यस्तै हो । उसलाइ सम्हाल्न खोज्दै म वोले । जुगल हिमालको अलि वरवाट घाम फुत्त डांडामा चढ्दा वसले सांगा भन्ज्याङ क्रस गर्नै लागेको थियो । अरको कोल्टीमा फेरी उ ढल्किदा मैले धक फुकाएर हेरे उसलाइ । हिउ जस्तै गोरीं…..हिमालकी छोरी…. उसलाइ व्यङग्य गरेर मेले शंभु राइ गुन्गुनाउदा मसक्क मस्किएर मलाइ हौस्याइ ।
उसले आफ्नो नाम नुमा वताइ सकेकी थिइ । मी अनुप मैलेपनि यसैगरी उसले नमागेपनि आफ्नो परिचय दिन कन्जुस्याइ गरिन । वस छुटेकोमा चिन्ता गर्दै थिइ । म भने दिन दिनै छुटोस भनेर कामना गरी रहेको थिए । काठमाण्डौ हुस्सुका विचको मस्त निन्द्रामा रहदा कालो कफीको भरमा म हिडेको थिए । सांगा क्रस हुनै लाग्दा घामका किरणहरु वसको झ्याल नाघ्दै भित्रिएको थिए । कुहिरोवाट हिमालले हल्का घुम्टो उघार्दै गर्दा घामका किरणले उसलाइ पनि कुनै अर्को सुर्यभन्दा कम देखाएको थिएन । कपालमा हल्का रातो मेहन्दी । कपाल फिरफिर मै तिर सर्किदा म घामवाट पग्लिन शुरु गरेको हिमाल समान । हैन म घामसंगै वसेको त छैन । तात्तिदै गएको मेरो शरिरलाइ छाम्दै गरदा उसले सोधी ह्वाट ह्रयापेन- न थिङ मैले उसलाइ जवाफ फर्काए ।
धेरै गफले इमेल सम्म साटासाट हुदै गर्दा उसले मेरो कफी रुचीलाइ पहिल्याइछ । कफी ट्याव्लेट पास गरी । ‘अपरिचितले दिएको खानेकुरा नखानु होला’ भन्ने शन्देश लेखिएको वसको भित्ता मुनीवाट मैले हात क्रस गर्दै गरदा उसले सोधी-यु लाइक सिङगल अर डवल । जीवनका हर कुरा डवल राम्रो लाग्छ मलाइ त-हल्का संकेत गरे उसलाइ । धैर्य गर्नु पर्छ । प्रतिक्षाको फल मिठो हुन्छ । उसले कम्प्लीमेन्ट दिइ । म कफी, किताव र धुंवाको पारखी उ परी छ-किताव, कफी र कम्प्युटरकी । हाम्रा हवी त सेम रहेछन नी मैले उसलाइ नजिक्याउ खोजे ।To be continue
how funy it is yaar.it is nice.but ie ur wn or imagenation? plz sent me ok.
Comment by Kc Naren — September 23, 2007 @ 5:58 am
some says that life is a jounary, where it started and where it ends we never knows but jounary should be happy . Reading this artical i wanted to give lots of congrulates to panday sir that you started you life with happy movement sharing lots of things with your dream giral i wish keep on relationship with her but do you think all women is not same just like a suny sun ,as well as whitey mountains .But their is lots of difference being singile and dobule .
Comment by MR Rai — September 25, 2007 @ 5:01 am