माओवादीले सरकार छोड्यो
१ असोज काठमान्डो । सरकारमा सहभागी भएको ५ महिनापछि नेकपा माओवादी सरकारवाट वाहिरिएको छ । माओवादीले २२ वुंदे माग पुरा नभएको जनाउदै सरकारवाट वाहिरिएको हो । माओवादीको तर्फवाट सरकारमा सहभागी चारैजना मन्त्रीले आज राजीनामा दिएका छन । राजीनामा दिनेमा संचारमन्त्री कृष्णवहादुर महरा, स्थानीय विकाशमन्त्री देव गुरुङ, भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमी र महिला तथा वालवालिका मन्त्री खडगवहादुर विश्वकर्मा रहेका छन् ।
माओवादीवाटै मन्त्री वनेका मातृका यादवले यसअघिनै राजीनामा दिइसकेका छन् । माओवादी मन्त्रीहरुले वालुवाटारवाट वाहिरिदा मन्त्रीका हैसियतले प्राप्त सवारीसाधन र अंगरक्षक समेत त्यही छाडेर गएका छन् । प्रधानमन्त्री कोइराला आराम गरिरहेकाले माओवादी मन्त्रीले रामचन्द्र पौडयाललाइ राजीनामापत्र वुझाएका थिए । यसअघि विहानदेखि चार मुख्य राजनितिक दलका नेताहरुवीच भएको छलफलमा कुनै सहमति हुन सकेन् ।
यद्यपी माओवादीले हालको शान्ति सम्झौता र प्रकृयावाट नवाहिरिने स्पष्ट पारेको छ । अन्तरिम संसदमा आफुहरु रहिरहने र अन्तरिम संविधानलाई पालना गर्न आफुहरु तयार रहेको वताइएको छ । माओवादी सरकारवाट मात्र वाहिरिएकाले अझैपनि सहमतिको संभावना रहेको वालुवाटार स्रोतले जानकारी दिएको छ । भोलीका लागि आठदलको शीर्ष वैठक वस्ने तय गरिएको छ । भोलीको वैठकले केही सहमति कायम गर्न सकेमा माओवादी पुन फर्किने सम्भावना पनि रहेको वताइएको छ ।