September 14, 2007


२८ भदौ, काठमाण्डौ । आज तीज । नेपाली नारीहरुले आज तीज पर्व मनाइरहेका छन् । भाद्र शुक्ल तृतियाका दिन महिलाहरुले व्रत वसी शिवको पुजा आराधाना गरेर तीज पर्व मनाउने चलन रहेको छ । महिलाहरु ब्रत बसी शिवको पूजा आराधना गर्नाले श्रीमानको दीर्घायु हुन धार्मिक मान्यता रहेको छ । यसै अवसर पारेर आज विहानै देखि राजधानीको पशुपति मन्दिरमा पुजा तथा दर्शन गर्नेहरुको विशेष चहलपहल देखिएको छ ।
विवाहिताले पतिको लामो आयु र सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरुले सोचेजस्तो पति पाऊं भन्दै ब्रत बस्ने चलन रहेको जानकारहरु वताउछन । तीजको अवसर पारेर महिलाहरुले गीतका माध्यमले सुख दुःख साटासाट गर्ने तथा मनोरन्जन लिने गर्दछन । यसअवसरमा कतिपय विदेशी महिलाहरु पनि पशुसित क्षेत्रमा नाचगानमा मस्त रहेका थिए । फोटोमा हेर्नुस्त ।


The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/09/14/p48/trackback/
No comments yet.
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>