September 8, 2007

को धनी हेलु की कीसुनजी ?

२२ भदौ, काठमाण्डौ । धनी वन्ने रहर त कस्लाइ हुदैन होला र कम मात्र भाग्यमानीले त्यो अवसर पाउछन भनिएको छ । तर व्यक्तीगतरुपमा भन्नुपर्दा भने मलाइ भने हेलु भन्दा पामुक, कार्लोस र हाम्रै किसुनजीहरु धनी लाग्छन । जसले पूर्ण आजादीका साथ शान्ति पूर्वक जीवन विताए ।  तैपनि हेरौ न त हेलुको कथा-

मेक्सिकोका ब्यापारी कार्लोस स्लिम हेलु संसारकै सबैभन्दा धनी ब्यक्ति भएका छन् । उनी धनी भएको घोषणा केही दिन अघिमात्र गरिएको हो । यो भन्दा अगाडि अमेरिकाका बिल गेट्स थिए । तर यो बर्ष हेलुको सम्पत्ति ६७।८ अरव डलर र बिल गेट्सको सम्पत्ति ५९।२ अरव डलर पुगेको छ । अमेरिकी एक डलर नेपालीमा लगभग ६५ रुपैंया हुन्छ ।

गत बर्ष हेलुको ३० अरव र बिल गेट्सको ५० अरव डलर रहेको थियो । हेलु गत बर्ष तेश्रो नम्बरका धनी ब्यत्ति रहेका थिए । बिल गेट्स पछिको दोश्रो नम्बरमा वारेन बफेट थिए उनको सम्पत्ति ४५ अरव डलर थियो ।

हेलु ६७ बर्षका छन् । उनको जन्म मेक्सिको सिटीमा भएको हो । उनको बुवा जुलियान स्लिम लेबनानमा जन्मेका थिए । १४ बर्षको हुँदा उनी मेक्सिको सिटीमा बसाई सरेका थिए । त्यहाँ उनले घरजग्गा किनबेच गर्न शुरु गरे । बुवको ब्यापारलाई छोराले पनि अघि बढाए । हाल उनको मेक्सिकोमा मात्र नभएर ल्याटिन अमेरिका क्षेत्रमै फैलिएको दूरसञ्चार कम्पनी रहेको छ । मोबाईल र टेलिफोनको ब्यापार गर्ने उनको कम्पनी मेक्सिकोमा मात्र नभएर ल्याटिन अमेरिकाका धेरै देशहरुमा लोकप्रिय छ । त्योबाहेक गाडिमा प्रयोग गर्ने मोबिलको ब्यापार पनि उनले गर्छन् । उनका ६ सन्तान छन् । तीमध्य ३ छोराहरुले उनको कारोबारमा पूर्णरुपले सघाउदै आएका छन् । यही ब्यापारबाटै उनको यत्रो सपत्ति पुगेको हो । उनले यो पैसा समाजसेवा क्षेत्रमा खासै लगाएका छैनन् । तर बिल गेट्सले आफुले कमाएको पैसा संसारका बिभिन्न भागमा पिछडिएका जनताको शिक्षा, स्वास्थ्य आदिका क्षेत्रमा लगाएका छन् । शिक्षा, स्वास्थ्य जस्ता बस्तुलाई मानिसको आधारभूत आवश्यकता मानिन्छ ।

उनले यसका लागि बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनको स्थापना गरेका छन् । मेलिण्डा उनकी श्रीमतीको नाम हो । यही संस्थामार्फत उनले संसारका धेरै ठाउँमा पैसा पठाउँछन् । यसरी पैसा सहयोग गरेका कारण बिल गेट्सको सम्पत्ति बढ्न नसकेको हो पनि भनिन्छ । यो भन्दा अगाडि दोश्रो धनी ब्यक्तिकारुपमा रहेका वारेन बफेटले पनि समाजसेवका लागि आफ़्नो धेरै सम्पत्ति दिईसकेका छन् ।

अहिलेको यो नयाँ तथ्य अमेरिकाबाट निस्कने फर्च्युन नामक पत्रिकाले निकालेको हो । अहिलेको बजारभाउ अनुसार उसले यो तथ्य निकालेको हो । बजारभाउ घटबढ हुँदा सम्पत्तिमा फरक पर्न सक्ने कुरा पनि उसले जनाएको छ । यस्तै धनी ब्यत्तिहरुको सूची धेरै बर्ष अगाडिदेखि फोर्ब्स नामक पत्रिकाले पनि निकाल्दै आएको छ । तर उक्त पत्रिकाले अझै यसका बारेमा केही उल्लेख गरेको छैन । चाँडै नै उक्त पत्रिकाले पनि यो समाचार सार्बजनिक गर्ने अनुमान गरिएको छ । यस बर्षका दशौं स्थानसम्मका धनी ब्यत्तिहरु यसप्रकार छन ।

१। पहिलो कार्लोस स्लिम हेलु मेक्सिको ६७।८ अरव डलर

२। दोश्रो बिल गेट्स अमेरिका ५९।२ अरव डलर

३। तेश्रो ओराकल लवरेन्स २१।५ अरव डलर

४। चौथो माईक्रोसफ़्ट पाउल एलेन १८ अरव डलर

५र६। पाँचौं र छैठौं गुगल सर्जी ब्रिन र लेरी पेज १६।६ अरव डलर

७। सातौं डेल्स मिखाएल डेल १५।८ अरव डलर

८। आठौं माईक्रोसफ़्ट स्टेभ बाल्मर १५ अरव डलर .

९। नवौं नागुइब सावीरिस इजिप्ट १० अरव डलर

१०। दशौं सुनिद मिट्टल भारत ९।५ अरव डलर

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2007/09/08/p34/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com