झरीको संझना !
१९ भदौ, काठमाण्डौ । राजधानी काठमाण्डौ झरीले न्रि्रुक्क रुझेको छ । हिजो विहानै देखी सुरु भएको झरी थामिएको छैन । लगातारको झरीले यो वर्ष काठमाण्डौमा खासै गर्मीको अनुभव गर्न पाइएको छैन । विहान कलेज जाने तथा दिउसो अड्डा धाउनेहरु झरीवाट वढि प्रभावित देखिएका छन । म जस्ता कफी पारखीहरुकालागि झरी एउटा रमाइलो वहाना वन्दो रहेछ । अहिलेसम्म थुप्रैकप रित्तिइ सकेको छ । हल्का धुंवाको साथमा कफी पट समाउनुको मजा पारखीहरुलाइ मात्र थाहा हुन्छ । जम्न चाहनेहरुलाइ सांझको झरी थप रमाइलो हुन्छ रे । अव शरदयाम शुरु हुन लागेर होला मौषम पनि धुलो धुंवा पखाल्न लागे जस्तो देखिन्छ । वरषा कसैकालागि वाहाना हो भने कसैकालागि अवसर । भरतीय कवि रविन्द्र नाथ टैगोरले नोवेल पुरस्कार जित्ने कृति साउनको झरीमा रचेका थिए रे । श्रृजनात्मक क्षमता हुनेहरुकालागि झरी त अवसरै हो नी । विद्यार्थीहरुलाइ पनि सिरक ओढेर झ्यालवाट चिहाउदै तातो कफी या चिया सुर्क्याउदै पढ्नुको मजै वेग्लै हुन्छ । मित्रहरु जहा जसरी रहे पनि झरीको मजा नछुटाउनुस है भन्दै । आजको संझना ।