ज्ञानेन्द्रलाइ कोठा भांडामा चाहियो
९ भदौ,काठमाण्डौ । सरकारले नारायणहिटी दरवार राष्ट्रियकरण गरेपछि अप्ठेरोमा परेका निलम्वित राजा ज्ञानेन्द्रलाइ थप अप्ठेरो आइलागेको छ । प्राण प्यारी मोटी रानी कोमललाइ लिएर नागार्जुन वसाइ सरका ज्ञानेन्द्र अव नागार्जुन दरवारपनि राष्ट्रियकरण हुने भएपछि कता लाग्नेहुन उनको भविष्य अन्यौलमा परेको हो । उनले अव कोठा भाडामा खोज्लान होइन त । पछिल्लो समाचार अनुसार नारायणहिटी लगायत प्रमुख ७ दरवार राष्ट्रियकरण गरे लगत्तै राजाको सम्पति राष्ट्रियकरण गर्न गठित समितिले आज अन्य थप पांच दरवार र दरवारको खाता राष्ट्रियकरण गर्न सरकारलाइ शिफारिस गरेको छ । समितिका संयोजक तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज वसेको वैठकले राजधानीका नागार्जुन र गोकर्ण तथा पोखराको रत्न मन्दिर, हेटौडाको कान्ति इश्वरी दरवार तथा चितवनको दियालो वंगला राष्ट्रियकरण गर्न सरकारलाइ शिफारिस गरेको हो । यसैगरी समितिले गोकर्ण, चितवन, नागार्जुन, नुवाकोटको थानसिङ तथा पोखरामा रहेको दरवारका नामको जग्गापनि राष्ट्रियकरण गर्न शिफारिस गरेको छ । यसैगरी दरवारका नाममा रहेका वैंक खाता तथा स्वर्गीय राजा विरेन्द्र र रानी ऐश्वर्याका नाममा रहेका वैंक खाताका वारेमा विवरण संकलन गरी समितिमा वुझाउन राष्ट्रवैंकलाइ निर्देशन दिएको छ । नारायणहिटी दरवार राष्ट्रियकरण गरेपछि रानी कोमल सहित नागार्जुन दरवारमा वसाइ सरेका राजा ज्ञानेन्द्र अव भने कंहा जाने हुन कौतुहलताको विषय भएको छ ।