जीवनको गोरेटोमा
९ भदौ, काठमाण्डौ । मान्छेलाइ उसको विगत प्यारो लाग्छ रे । विगतको जगमा टेकर भविश्यको यात्रा गर्नेहरु सफल पनि भएका छन । हिड्दै पाइला मेट्दै गर्नेहरु इतिहासका गर्तमा विलाएका छन । विगत प्यारो लाग्नेहरुमात्र भविष्यमा प्रीय ठरिन्छन भनेर कुनै सज्जनले भनेका पनि छन । मलाइ पहाडहरुले आकर्शित गर्नुका पछाडी तिनै विद्धानको थियरीले काम गरेको पो हो की कहिले कांही यस्तै लाग्छ ।
खैर । मलाइ यति वेला तपाइहरुका सामु मेरो विगत वाड्न मन लागेको छ । मैले पढ्ने स्कुलमा त्यो वेला युनिफर्म थिएन । आफुलाइ मन लागेको ड्रेस लगाएर हामी स्कुल जान्थ्यौ । खुट्टामा चप्पल लगाउनेहरु की त सर हुन्थे की त जिल्लावाट आएका जिशिकाका हाकीम । हामी विद्यार्थीहरुमा केटीहरुको पछ्यौरा र केटाहरुको शिरमा टोपी अफिसियल ड्रेस जस्तै थियो । धुलो र हामी विच कमै मात्र भेद थियो । यसैविच मैले पढेको सोही स्कुलमा मलाइ पढाएका तिनै सरहरु र मेरो पछिल्ला विद्यार्थी सहपाठीहरुको फोटो मेरो स्कुललाइ पृष्ठभुमिमा पारेर खिचिएको रहेछ । एउटा विकासे सस्थाको साइटमा फेला पारे धेरै वेर फोटो हेरर टोलाए । अनि फटाफट कपी र पेष्ट गरे । तपाइलाइ पनि तपाइका विगतहरुले रोमान्चित तुल्याओस भन्ने कामना गर्दै ।