July 3, 2009

मुक्तीनाथका मगन्तेहरु


ननिम्त्याइएका पाहुनाहरुको क्रिडास्थल भएको छ नेपाल । ती निम्तालुहरु सिंहदरवारदेखि भिविन्न नाममा खुलेका क्षेत्रीय तथा राष्टीय राजनीतिक पार्टीहरुमा चल्ता पुर्जा भएर रहेका छन । मुलुकका समस्याको गाठो फुकाउने ल्याकतमा ती ननिम्त्याइएका पाहुनाहरु शानसंग वसेका छन । तिनीहरुलाइ नेपाल प्यारो छैन प्यारो छ त केवल ख्वामितको आदेश । इनीहरुको दाउ अरु केही होइन । नेपालको अतिक्रमण सिवाय ।

अहिलेका आधुनिक विश्वमा शस्त्र अस्त्रले शुसज्जीत फौज पठाएर कुनै भुगोल मिच्न सकिदैन त्यसकालागि चौतर्फि अतिक्रमण भरपर्दो माध्यम वन्छ । लाग्छ मित्रराष्ट भारत कतै यस्तै ध्याउन्नमा लागेको त छैन । नत्र भने किन त घरैमा तरकारी पुर्याउने देखि, विहानै पत्रिका पुर्याइदिने, दारी वनाउने देखि जुक्ता टल्काउने, पुराना वोतल टिप्ने देखि वम पड्काउने सम्म विदेशी भैयाहरुको यत्रो विधी जगजगी ।

मुलुकको राजनीतिमा उपेन्द्र यादव र जेपी गुप्ताहुन या कालीमाटीको तरकारी पसलवाट घरघरै तरकारी पुर्याउने लखन भैया हुन सवै भारतीय नुनको सोझो गर्न खौज्ने त हुन नी । यीनलाइ नेपालको के माया होस । वैंक व्यालेन्स भारतीय वैंकमा छ , भारतीय आशीर्वादमा मन्त्री हुन पाइन्छ, आफन्त सवै भारतमै छन, यीनलाइ कसरी नेपाली भन्नु , कसरी नेपालका शुभचिन्तक मान्नु । यी ननिम्त्याइएका पाहुनाहरु पछिल्लो समय मुक्तीनाथको मन्दीरमा पनि देखिए । तराइको प्रचन्ड गर्मीमा रहने यी मेहमानहरु मान या नामान मै तेरा मेहमान भन्दै निर्लज्ज हाम्रो सोझोपनको फाइदा उठाएर सारा नेपालमा वेफिक्रि घुमेका छन यिनै ननिम्त्याइएका पाहुनाहरु ।


हैन कतै मागेर कतै थर्काएर त कतै धम्क्याएर राजेन्द्र महतो हुन या उपेन्द्र यादव यी सवै ननिम्त्याइएका पाहुनाहरु नेपाललाइ विभाजित गराउन लागेका छन । आत्मनिर्णय सहितको संघीयताको आवरणमा यी मेहमानहरुले नेपालको अस्तीत्व नै  नामेट पार्न त लागेका होइनन । एकिकरण गर्ने पृथ्वी नारायणका शालिकहरु तोडिदा नेपालको अखन्डतामाथि धावा वोल्दै आत्मनिर्णयका नाममा मधेश टुक्र्याउने खेल चलिरहेको छ । सच्चा नेपाली सचेत हुनु पर्ने वेला आएको छ यी ननिम्त्याइएका पाहुनाहरुसंग । आगे तपाइको जिम्मा । (photo: by Narmada Pandey)

July 1, 2009

झंकास झरी

असारे झरीले झम झम सुन्धाराका सडकहरु वजाउदा म यतिवेला रमाइलो महशुस गरीरहेको छु । झरी सिर्जनाको मुहान हो । स्रस्टाहरु यही झरीमा अनेक सिर्जना गर्छन रे । विश्वप्रशिद्ध साहित्यकार रविन्द्रनाथ टैगोरले यही झरीमै आफ्ना कालजयी कृतिहरुको रचना गरेका थिए रे । प्रख्यात गीतान्जली यही झरीको देन हो । अत्यन्तै निकटहरुसंगको कुराकानीमा हुग्ली नदी देखाउदै उनले अनेकपल्ट भनेका पनि थिए रे । अर्का अद्भुत व्यक्तीत्व गान्धीले पनि गुजरातको सावरमति आश्रममा वसेर झरीको भरपुर उपयोग गरेका थिए रे । उनका पत्रहरु झरीमा अत्यन्तै आत्मीय हुन्थे ।

यस्ते नेपाली साहित्यका राम्रा स्रस्टा सिद्धीचरण श्रेष्ठले पनि मेरो प्यारो ओखलढुंगा नामक कविता झरीको समयमा नै सिर्जना गरेका थिए रे । झरी सिर्जनाको मुल हो भावनाहुनेहरुका लागि । झरी आशाको किरण हो किसानहरुका लागि । झरी वांकी जीवनको आशाहो विरुवाहरुकालागि, झरी राम्रो याम हो मायालुहरुकालागि । झरी पालुवा हो, झरी सिर्जना हो, झरी वैश हो, झरी जीवन हो ।

झरी आखिर पानीको मुल फुटाउने मात्र नभएर सिर्जनाको भेल वगाउने समयपनि त हो । संझनुस्त ओसिएको सिरक ओडेर झ्यालवाट वाहिर हेर्दै तातो चियाको चुस्की लगाउदा कति मजा आउछ, या खेतमा रुझ्दै वाउसे लगाउदा कति मजा हुन्छ । वा झरीमा पुरानै स्पोटस सुज लगाएर पाइन्टको तल्लो भाग भिजाउदै विस्तारै हिड्दा अझ कति मजा आउछ । तंपाइ जंहा रहेपनि झरीको मजा लिन नछाड्नुस । केही सिर्जना गर्नुस वा वाटोमै झरी खादै किन नहिड्नुस । अहिलेलाइ झरी अलिकम भएकाले मपनि वाटो तपाउने मेसो गर्दै छु । केही अनुभव भए सेयर गर्नु होला है । ह्याप्पी झरी ।

एमालेमा कार्यकर्ताको खडेरी पर्ने प्रचन्डको दावी

Filed under: लौ है त

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एमालेका हजारौं कार्यकर्ता आफ्नो दलमा प्रवेश गर्ने दाबी गरेका छन् ।  गृहजिल्ला चितवनको शिवनगर पुगेका उनले एमालेबाट प्रभावशाली नेताहरुसमेत माओवादीमा प्रवेश गर्न लागेको बताए । २० गते औपचारिक समारोहका बीच एमालेका हजारौं कार्यकता प्रवेश गर्ने कार्यक्रम रहेको उनको भनाई थियो ।

पन्ध्र वर्षपछि प्रचण्ड आफ्नो गाउँमा 

पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १५ वर्षपछि आफूहुर्के पढेको गाउँ चितवनको शिवनगर पुगेका छन । आफ्नो गाउँमा नितान्त पारिवारिक भेटघाटका लागि उनी मंगलबार भरतपुर पुगेको बताइएको छ । अपरान्ह भरतपुरको रोयल सेन्चुरी होटलमा पुगेका उनी लगत्तै कार्यकर्ता भेटघाटमा व्यस्त भए । पार्टीको आन्तरिक कार्यक्रम भन्दै भेटघाटमा संचारकर्मीलाई प्रबेश गर्न दिइएको थिएन । आफन्त र नातागोतासंग लामो समय घेट नभएकाले यसपाली फुर्सद मिलाएर आएको उनका पुत्र प्रकाशले बताए । प्रकाशले आफू भने ३ महिनापछि गाउँ जान लागेको बताए । 

दाहाल ९ वर्षको उमेरमा कास्कीबाट अविभावकसंगै शिवनगर गाविस गएका थिए । उनले यही बसेर बिद्यालय र उच्च शिक्षा हासिल गरेका थिए । बुधबार बिहान ११ बजे गाविसको गौचरणमा नातागोता भेटभाट कार्यक्रम रहेको छ । कार्यक्रममा डेढ सयको हाराहारीमा आफन्त र साथीभाइको सहभागिता हुनेछ । उनीसंग पत्नी सीता र छोरा प्रकाश रहेका छन । माओवादी जिल्ला सेक्रेटरी अविनाशका अनुसार दाहाल आफैले आफन्त घेटघाटको कार्यक्रम जुराएका हुन । व्यक्तिगत भ्रमण भएकाले संचारमाध्यामलाई प्रतिक्रिया नदिने उनले बताए । सांझसम्म माओवादी जिल्ला नेता तथा कार्यकर्ताको उनी बसेको होटल बाहिर भीड लागेको छ । उनी बसेको होटलको सुरक्षा व्यवस्था कडा पारिएको छ । यस अघि आधा दर्जन पटक गृह जिल्ला गएका उनी आफनो गाउ गएका थिएनन् । उनले भने, एमालेले देश र जनतालाई धोका दिएकाले अब उसको अस्तित्व खतरामा परेको छ । एमाले नेतृत्वको सरकारमा कुनै हालतमा सहभागी नहुने स्पष्ट पारे ।

हरुवाहरुको सरकारमा आफ्नो दल सहभागी नुहने भन्दै नागरिक सर्वोच्चता कायम गरेर अगाडि बढ्ने बताए । उनले भने, चांडै माओवादी नेतृत्वमा सरकार बन्छ । वर्तमान सरकारलाई सरकार भन्न नमिल्ने बताए । कानुन मिचेर बनेको सरकारको कुनै हैसियत नभएको भन्दै चांडै आफूहरुको नेतृत्वमा सरकार बन्न लागेकाले धर्य गर्न आग्रह गरे ।

असमानमनप्रति मन लगाउदा

अच्युत प्रसाद पौड्याल चिन्तन

गीता लामिछानेद्धारा लिखितर् असमान मन, कथा संग्रह हालै प्रकाशित भएको छ । दूर्गम भेगकी महिला स्रष्टा गीताका कविता संग्रहपनि गतवर्ष प्रकाशित भएको थियो । झन्डै असी पृष्ठको असमान मन कथा संग्रहमा २६ वटा कथाहरु रहेका छन् । दायित्व वोध, नरोजेको बाटोदेखि उ पागल होइन र अन्तमा रामहरु उपशीर्षक पांचवटामा स्रष्टाले आफ्ना अनुभव र समाजका विकृतिहरुलाइ पोखेकी छिन् । विशेषत कविता लेखनमा रुची राख्ने गीताको यो कथा संग्रह पहिलो कथा संग्रह हो । समसामयिक विषयमा चर्चा गर्दै मुलुक लामो समयदेखि युद्ध र द्धन्दमा फसेको अझैपनि यसका छिटा छिटीहरु मुलुकमा कायमै भएको विषयप्रति मर्माहत भएकी देखिन्छीन् गीता, यस कथा संग्रहमा पनि ।

सवैले आआफ्नो ढंगवाट दायित्व वोध गर्नै हो भने व्यक्ति, समाज, समूह, समुदाय र समग्र राष्ट भरपर्दो र जिम्मेवार हुन वाध्य हुन्छ भन्ने मूल मान्यता र समाजले सामूहिक दायित्व वोध गर्दा समाजका विकृतिहरु यसै निर्मूल हुन्छन् त्यस्तै नवपुस्ताको लागि बैंस शीर्षकमा उपकथालाइ जोडेर गीताले कथास्रग्रहलाइ थप रोचक बनाएकी छिन् । बाहिरि सुन्दर कलेवर मात्रैले समाजकको समूहको, व्यक्तिको, यथार्थ चित्रण हुन नसक्ने सन्देश र्छन खोज्ने गीताका मानवीय भावनाहरु कथासंग्रहमा प्रशस्त ओकलिएका छन् । सिंहदरबारमा पजेरो गुड्दा मुलुककका सबै कुना काप्चामा उज्यालो हुन्न भन्ने मार्मिक र तीखो व्यंगं प्रहारसमेत कथासंग्रहमा हुनुले कलात्मक प्रस्तुति उनीमा प्रशस्त झल्कन्छ । पछिल्ला दिनमा आउने उनका कृतिहरु थप परिमार्जित र परिस्कृत हुनेछन् भन्ने शुभकामनासहित पुस्तकका स्रष्टा गीताजीप्रति छोटो शुभेच्छा ।

स्विजरल्यान्ड भन्दा के कम

Filed under: भ्रमण

नेपाललाइ प्रकृतिले दिनुसम्म दिएको छ । यो मुलुकमा कमी छ त सुझवुझ, इमान्दारिता र निरन्तरताको । राजनैतिक अस्थिरताले निम्त्याएका अनेक भेलमा मुलुकका चरम संभावनाहरु ओझेल पर्दै गइरहेका छन । जलश्रोतको प्रचुर संभावना छ, पहाडी पदयात्रा र पर्यटकीय संभावना अचुक छ । यहाका वन पैदावर र हिमाली जडुवुटीहरु अमूल्य छन । नेपाली मन सफा छन मिहिनेति छन र मुलुकप्रति वफादारपनि ।

 राजनैतिक नेतृत्व वलियो र स्वार्थरहित भए यो देशले कांचुली फेर्न कुनै आइतवार पर्खिनु पर्दैन । हेर्नुस त निष्चल नदी, पहाडी पदयात्राका मार्ग र सुन्दर पहाडहरु । गत वर्षको गुल्मी भ्रमणका वेला कैद गरिएका यी दृष्यहरु । यो वर्ष पनि फोटोग्राफीको सिजन शुरु भएको छ ।

यो मनसुन शुरु हुने वेलामा फोटोग्राफी मलाइ अत्यन्तै मन पर्छ । अनेक कामका चापले यो मौषममा पहाडयात्रामा जान नपाउदा थक थक लागेको छ । अलिकता अनुकुलता हुने वित्तिकै पहाड यात्रामा निष्कने वाचाका साथ यी तस्विर ।

June 29, 2009

असार पन्ध्रको संझना

आज असार 15, राष्ट्रिय धान दिवस देशभर खेतमा रोपाइँ गरी दही-चिउरा खाएर मनाइँदैछ। ‘असारको पन्ध्र दहीचिउरा खानू, साउनको पन्ध्र खीर’ भन्ने लोकोक्ति प्रख्यात छ। आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाइन्छ ।

आज रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरु पनि अरुको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छुपाछाप गरेर रमाइलो गर्छन् । असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ। बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ ।

रोपाइँ गर्दा आफ्ना दुःख पीर तथा जीवनका घटनालाई गीतका रुपमा असारे गीत गाउने पनि गरिन्छ। यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ । यस वर्ष आधा असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुनाले धेरैजसो ठाउँमा रोपाइँ हुन सकेको छैन । ‘मानो रोपेर मुरी फलाउने’ यस समयमा खेतमा पानी नभएपछि कृषकमा असार पन्ध्रको खासै उमङ्ग देखिएको छैन।

एसएलसीको नतिजा सार्वजनिक

प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार यो वर्ष नियमिततर्फ ६८ दशमलब ४७ प्रतिशत अर्थात २ लाख ३४ हजार ६ सय २ उत्तीर्ण भएका छन्। १९९० सालबाट सुरु भएको एसएलसीको आधुनिक इतिहासमा यो नै सबैभन्दा बढी उत्तीर्ण प्रतिशत हो। नियमित र एक्जाम्टेड गरी परीक्षामा ३ लाख ८८ हजार ५ सय ३२ सहभागी थिए। नियमिततर्फ ३ लाख ४२ हजार ६ सय ३२ परीक्षार्थी थिए। एक्जाम्टेडमा ४५ हजार ८ सय ९० सहभागी भएकामा २१ हजार ८ सय ८७ ४७।६८ प्रतिशत पास भए। नियमिततर्फ उत्तीर्णमध्ये १ लाख ३२ हजार ६ सय ६२ छात्र छन्। छात्रा १ लाख १९ सय ४० छन्।

नियमिततर्फ विशिष्ठ ११ हजार ३ सय ४ प्रथम ८७ हजार ७ सय ७२ द्वितीय १ लाख २५ हजार ४ सय २१ तृतीय श्रेणीमा १० हजार १ सय ५ उत्तीर्ण छन्। विशिष्ठ र प्रथम श्रेणीमा उत्तीर्णको प्रतिशत करिब ४१ छ। एक्जाम्टेडतर्फ ७ सय ८ प्रथम १७ हजार ५ सय ७० द्वितीय र तृतीय श्रेणीमा मा ३ हजार ६ सय ९ छन्।

यस वर्षको नतिजा गत वर्षभन्दा ५ प्रतिशत बढी उत्तीर्ण भए। गत वर्ष ३ लाख ७० हजार ७८ मध्ये १ लाख ९५ हजार ६ सय ८९ अर्थात् ६३.७३ प्रतिशत पास भएका थिए। यस वर्ष एसएससी दिने विद्यार्थीको संख्या गत वर्षका तुलनामा २५ हजार बढी थियो। यसअघि परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले बन्द हडताल र समयमा नै पाठ्यपुस्तक नपुग्दा उत्तीर्ण प्रतिशत ५० भन्दा कम हुने बताएका थिए।

आइतबार साँझ ५ बजे शिक्षा सचिब दीपेन्द्रविक्रम थापाको अध्यक्षतामा बसेको बैठकले अन्तिम नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। त्यसको करिव एक घन्टापछि परीक्षा नियन्त्रक झाले नतिजा सार्वजनिक गरेका थिए। पास विद्यार्थीको सिम्बोल नम्बरसहितको विवरण भने करिव २ घन्टापछि मात्रै सार्वजनिक गरिएको थियो। ‘समितिको नीतिगत निर्णयपछि लेजरमा हस्ताक्षर गर्ने काम बाँकी राखेर मिडियालाई जानकारी गराइएको हो’ समितिका सदस्य हरिवोल खनालले भने ‘यसपछि मात्रै पास नम्बर बाहिर ल्याइए।’ झाले नतिजा प्रकाशित गर्न अबेरसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न समयमै नतिजा सार्वजनिक गरेको बताए। ७५ वर्षकै इतिहासमा एसएलसी नतिजा हेर्न सहज भएको यो पहिलोपटक हो। यद्यपि सार्वजनिक भएको दुई घन्टाभन्दा बढी समयपछि मात्र नतिजा हेर्न पाउँदा सर्वसाधारणलाई उकुसमुकुस भएको थियो।

समितिले कम्तीमा २ विषयसम्ममा ५ नम्बर नपुगे ग्रेस दिने निर्णय गरेको थियो। शुक्रबार नै अधिकांश काम सकिएकाले पनि आइतबारको काम सहज भएको बताए। ग्रेस मार्कको निर्णयले करिव १५ हजार थप विद्यार्थी उत्तीर्ण भएका थिए। उपनियन्त्रक अम्बिका रेग्मीले विद्यार्थीको लगनशीलता र शिक्षकको समेत मेहनतले उत्तीर्ण प्रतिशत निकै बढेको बताए। यसअघि जिम्मेवार अधिकारीले धेरै आशाजनक नतिजा नआउने बताए पनि प्राप्त नतिजा शुभसंकेत भएको शिक्षाविद्हरुको प्रतिक्रिया छ।

विभिन्न पत्रपत्रिका तथा रेडियो लगायतका साचारमाध्यमले केही वर्षयता एसएलसीमा सोधिने नमुना प्रश्नपत्र उत्तरसहित प्रकाशन गराएर विद्यार्थीलाई सजिलो बनाएकाले नतिजामा सकारात्मक वृद्धि भएको शिक्षाविद् तिर्थ खनियाँको धारणा छ। ‘यो पास प्रतिशत हाम्रा लागि ठूलो प्रगति हो। यसलाई शतप्रतिशत पुर्याउनुपर्छु खनियाँले भने। द्यालय शिक्षाको अन्तिम परीक्षा एसएलसीमा गुणात्मक र संख्यात्मक नतिजा ल्याउन विभिन्न उपाय अवलम्बन गरिँदै आएको छ। पहिला कक्षा ९ र १० का आधारमा प्रश्न सोध्ने गरिएकोमा ६३ सालदेखि १० कक्षाको मात्रै प्रश्न सोध्ने गरिएको छ। उनले फेल भएको विद्यार्थी कुन विषय र क्षेत्रका हुन् भन्ने बुझेर सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिए।

यस वर्षको नतिजा बढ्नुमा विद्यार्थी सक्षम र परीक्षा नियन्त्रण कार्यालयको समेत महत्वपूर्ण भूमिका रहेको शिक्षाविद् तीर्थराज पराजुलीले बताए। यसले शैक्षिक गुणस्तरमा केही हदसम्म सुधार ल्याउने उनको विश्वास छ। पत्रिकाका अतिरिक्त ल्यान्डलाइन फोन एसएमएस सेवा ८ वटा वेबसाइट र ४ वटा एफएम रेडियोबाट नतिजा थाहा पाउन सकिन्छ।कार्यालयले अनुत्तीर्ण हुने परीक्षार्थीका लागि साउन २५ देखि ३२ सम्म पूरक परीक्षा सन्चालन गर्ने जनाएको छ।

June 25, 2009

वर्षामा विर्घा !

लसर्घा डांडावाट हेर्दै विर्घा ।

भन्जिङको पहिरो ।

वारी स्याङजाको सटुका, वढेकी काली गण्डकी र पारी पाल्पा तिर ताज महल भनेर चिनिने रानी घाट दरवार , छेर्लुङ र पाल्पाको वतासे डांडा लगायत अनेक डांडाहरु ।

June 21, 2009

मुगुका मन छुने दृष्यहरु

Filed under: अतिथी

गरिवी निवारण कोषमा संलग्न विकासमा रुची राख्ने मेरा कलेजका मित्र भुपेन्द्र कार्की हालै मात्र मुगुको यात्रावाट फर्किनु भएको छ । त्रिवीवाट ग्रामिण विकासमा स्नातकोत्तर सकेर फिरन्ते राउटे जातिका वारेमा थेसिस लेख्ने उनै कार्कीले भर्खरै गरेको मुगु यात्राका तस्वीर तंपाइहरुलाइ पनि मन पर्ला भनेर व्लगमा राखेको छु ।

 नेपालको अत्यन्तै विकट जिल्ला मुगुको राराताल जति सुन्दर छ त्यो सुन्दरतासंग तुलनै नहुने विकटता मुगु भित्रै रहेको छ । केही मिनेटको प्लेन उडाइपछि मुगु पुग्नेहरु रारातालको वयान गरेर त फर्किन्छन, तर विडम्वना मुगुको विकटतादेखि उनीहरु त्यत्तिकै वेखवर पनि वन्छन । मुगुको जीवन असहज त छदैछ भूगोलले दिएको पिडापनि मुगालीलाइ सही नसक्नुको छ । उत्पादनमा कमी, चिसोका कारण वाली पाक्न वर्ष दिन भन्दा वढि कुर्नु पर्ने वाध्यता , आधुनिक पुर्वाधरको कमी भनी साध्य छैन मुगुको दुख ।

दुखका बीच राराताल हास्दो छ मुगालीपनि पिडालाइ छातिमा दवाएर निष्कपट हास्दा छन । यही असारमा सम्पन्न मुगु भ्रमणमा आफ्नो कार्यक्रम वारे अनुगमन गर्न गएका कार्कीजीले अनेक कहानी सुनाइरहदा मेरो मानसपटलमा तिनै मुगालीका पिडाकाबीचका निष्कपट हांसोले डेरा जमायो । एकमन त सोचे कति टन्टो गरिरख्नु, अर्को मनले भन्यो यो नेपाल हो , नेपालको वास्तविकतावाट वेखवरहुनु एउटा पापै हो, मेरा नजरले करिव सय फोटोमा उत्कृष्ट ठहर्याएका यी तस्विर तपाइहरुसंग शेयर गर्न लागेको छु ।

 अनेक पिडा, वाध्यता र कठिनाइकाबीच नेपालको शुन्दरता भने अचम्मकै छ । राराताल हासेकै छ । मुगालीका गालामा हांसोको लाली ताजै छ , पाकृतिक सुन्दरताको त भो कुरै नगरौ । प्राप्ती जंहापनि होला तर अभावकाबीचको हासो नेपालमा मात्रै छ  मुगु र मुगुहरुमै छ ।


 

गरिवी निवारणकोषको कार्यक्रममा एकत्रृत महिला ।


शिक्षाप्रतिको मुगाली महिलाको चासो ।


कार्यक्रमपछि सामूहिक तस्विर खिचाउदै महिलाहरु ।


मुगुका लेक, आहा कति शुन्दर ।


मुगुका वस्ति पृष्ठभूमिमा राखेर तस्वीर खिचाउदै भुपेन्द्र कार्की ।


मुगुका घर र वस्तीहरु ।


वच्चाको स्याहारमा मुगाली किशोर वावु ।


माओवादीको वहादुरी । मुगाली जनता तर्ने पुल जुन द्धन्द कालमा माओवादीले ध्वस्त पारेपछि मुगालीले सास्ती खेप्दै जोखिममा यात्रा गर्नु परेको छ । सरकारमा आएर सहरमा घरघडेरी जोड्न लागेका माओवादीलाइ मुगुका यस्ता पुल संझने फुर्सद भने भएन । 

 

June 19, 2009

वालापन, गांउ र रमाइला दिनहरु

सर्टीफिकेट जम्मा गर्ने ध्याउन्नले व्लग अपडेट गर्ने फुर्सद पनि मिलेन । अनेक पटकका वाचाले हावा खाए । तैपनि व्लगको तिर्सना ताजै छ । सोसोलोजी दोश्रो वर्षको जांज दिन केही दिन नियमित कामवाट विदा लिए । त्यसै शिलशिलामा व्लगले पनि हावा खायो । लाष्ट पेपर त वांकी नै छ ।

माधव नेपालको जम्वो मन्त्रीमन्डल गठन र मेरो व्लगमा नंया अपलोड एकै पटक भएको छ । बिचरा राजनैतिक जीवनको उत्तरार्द्धमा प्रधानमन्त्री पद ४ महिनाकालगि पाएका माधव नेपाललाइ जस्तो धपेडी त मलाइ व्लग अपलोडमा छैन । वाचुन्जेल पाठकका समिपमा रहने अतृप्त इच्छा मनभरी लिएर व्लगकारिता शुरु गरेको मैले इलाम गए चियावारिमा वसेर, इटहरी भए अशोक वुक्षको छांया लागेर, भोजपुर भए ट्याम्केको अडेस लागेर, चितवन भए सौराहाका हात्ती हेर्दै, वुटवलमा भए शिद्धवावाको फेरमा, पाल्पामा भए श्रीनगरको छहारी वा वतासे डांडामा रहेर, गुल्मी हुदा रेसुगांको शिरमा प्युठान भए स्वर्गद्धारीको फेदीमा, दागं भए चमेरे ओडार छिमेकमै, रुकुमको चौरजहारी होस या जुम्लाको सिंजा जहा भएपनि व्लग लेखीराख्ने इरादामा छु म । वुढेसकालमा विर्घा अर्थात मेरै गांउको घरको पिंढीमा वसेर व्लग गर्ने धोको छ ।

सवै इच्छा पुरा नभएपनि यति जावो इच्छा त कसो नपुग्ला र भनेको छु । राजधानीमा केही दिन पानी नपरेपछिको गर्मीले धपक्क वनाउदा भन्ज्यागंको हावालाइ मैले मिस गरेको छु, दोस्तहरुको खडेरी पर्दा चिन्तामणी शुरेस वा गणेश सर्दीलाइ मिस गरेको छु ।र टाइम पास नभएर दिक्क हुदा गनवहादुर दाइको या चन्द्रकान्तको घर मिस गरेको छु । वेलुका पख घुम्न मनलाग्दा लाइव्रेरीको आंगनले सताउछ । तिर्खाले धपक्क वनाउदा राकस्दीको धारो कल कल वगेको संझन्छु ।

 शूदुर शहरमा वसेर गांउका अनेक यस्ता संझनाहरुले सताउदा तमाम देश विदेशमा रहने नेपाली दाजुभाइलाइ पनि मैले एकसाथ मिस गरेको छु । न भाषा न भेष न आफन्त न त आफ्नै रहन सहन ती तमाम नेपाली वयहरु कतै अपरिचित शहरमा भौतारिदै होलान, काम छुट्ने हतारोले गाडी पक्डन हस्यागं फस्यागं गर्दै होलान या सप्ताहन्तमा नेपाली दाजुभाइ भेट्ने या गेट टुगेदर गर्ने इरादा वनाउदै होलान । अझ कति कामको अभावमा साथीको सापटीमा चल्दै होलान या , अपार्टमेन्टको भांडा तिर्न अनेक दाउ सोच्दै होलान । नेपालमा त कम्तीमा त्यस्तो धपेडी या निराशा त्यस्तोविधी छैन ।

के गर्ने कति छन कति यस्ता मिस गर्ने कुराहरु । जति थियो गांउमै थियो । जे थियो वालापनमै थियो । जति सिकीयो आकाशे रंगको सट र निलो पाइन्ट लाएर स्कुल पढ्दा नै सिकियो, जति हंस खुस थियो १२-२० मै थियो (१२ देखि २० वर्षाको उमेरमा क्या )। अहिले त के हुनु । करियर भन्यो, उत्तरदायीत्व र जिम्मेवारी अनि अपेक्षा र प्रतिष्पर्धा संझियो वस आफु कंहा होइन्छ ठेगान नै नहुने रैछ । न त कुनै सुन्दरताले नै भुतुक्कै छुन्छ । न त साना तिना सफलताले नै पुलुकित गराउछ । यस्तै मेसोमा आशावादीताको चर्को आवरण अनि चरम व्यस्तताकाबीच तपाइहरु सवैलाइ सलाम ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com